Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डनबाट नेता चल्दा शुद्द खोज्ने ?

काठमाण्डौ । राजनीतिमा सिद्दान्त र प्रतिबद्धताको विषय महत्वपूर्ण हुन्छ । तर नेपालका नेताहरुमा पद र पैसाले महत्व पाउँदा समाजका अपराधीहरु राजनीतिको उच्च तहमा सहज तरिकाले पुग्छन् भन्ने कुरा गण्डकी प्रदेशमा गुण्डा नायक दिपक मनाङ्गेलाई खेलकुद मन्त्री बनाउँदा छर्लङ्ग हून्छ । कुनै बेला दिपक मनाङ्गे र चर्के मिलनको धन्दा बिना लगानी आम्दानी बढाबढ थियो । दुवैको क्षेत्र ठमेल थियो । चक्रपथ दुवैको खेलमैदान थियो । दिपक राप्रपाका नेता पशुपति शम्सेर जमराको आडमा गुण्डा गर्दी गर्थे भने मिलन चर्के एमालेका नेता प्रदिप नेपालको सहारा लिन्थे । डनबाट चलेको व्यवसायले सम्पत्ति शुद्धिकरणलाई सम्म छोएको छ ।

उनीहरुको व्यवसाएमा सघाए बापत काग्रेस एमालेका नेताहरुको धन दौलत पनि बढेको छ । पर्शुराम बस्नेत, रमेश बाहुन, राजु गोर्खाली, अविषेक गिरी, बागे लामा, दाबा लामा, गणेश लामा, तिर्थ लामा, मिन कृष्ण महर्जनको समूहलाई राज्यका सुरक्षा अंगहरुले राम्रैसँग चिन्दछन् । यहि ग्याङका दिनेश अधिकारी, कुमार घैटे मनोज पुनको प्रहरी इन्काउनटरमा जीवन स्वाह भएको धेरै भएको छैन । सायद बाच्न लेखेको कारण घैटे चरि र पुनको जीवन समाप्त भएपछि अरुको गुण्डाहरु राजनीतिक दलका आडमा रमिता देखाउने चटके बन्न सकेनन् । उनीहरु बाँचेका भए काँग्रेस र एमालेबाट प्रदेश संसद बन्न सक्थे । यीनको आदार क्षेत्र काठमाण्डौ, काभ्रे, ललितपुर, विराटनगर केन्द्रीत थियो । पछिल्लो पटक स्थानिय तहका सरकारहरुलाई हातमा लिएर सार्वजनिक जग्गा कब्जा गरि नदि जन्य बस्तुको उत्खण्डन गर्ने ढुंगा खानी चलाउने अभियानमा डनवाद हावी छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीले आफ्नो पद जोगाउन दिपक मनाङ्गेलाई मन्त्री बनाउनु समयको खेल हुन सक्दछ । संसदको निर्वाचनमा मनाङ् (ख) २ बाट एमालेका उमेद्वारलाई हटाएर स्वतन्त्र उमेद्वारलाई एमालेले सघाउदा नै आन्तरिक विवाद भएको थियो । तर त्यो बेला महासचिव इश्वर पोख्रेलले आफ्नो निर्वाचन कार्यलय बसुन्धारामा मनाङ्गेसँग ठूलै रकम हात लगाएकाले अध्यक्ष केपि ओली बोलेनन् ।

किनकी ओलीलाई अध्यक्ष बनाउन कम्मर कसेर लागेका इश्वरको चासोलाई नै भन्ने अवस्था थिएन । नेपालको राजनीतिले विष रोपेर अमृत खोज्दा पाउन सक्दैन । पार्टीका सिद्दान्त र विचार त्यहाँ लागू हुदैनन् । जहा पैसा ठूलो हुन्छ । अहिले गुण्डा राज लुकिछिपी देखा पर्छ । तर प्रहरीको पन्जामा परेका गुण्डाहरु राजनीतिक आडमा मुक्ति लिने गर्दछन् । राजनीतिमा अपराधिकरण र अपराधिकरणसँग राजनीति जाडिदा यस्तै फल प्राप्त हुन्छ । जुन यति खेर नेकपा एमालेको नाँउमा मनाङ्गे फल पाकिरहेको छ । रातो पासपोर्ट काण्डका अमिर गुरुङ ओखलढुँगाबाट प्रदेश सभासद बनेर मन्त्रीसम्म बनाएको एमालेको जनताको बहुदलिय जनवाद त्यसै धरमराएको होइन । २१ औँ सताब्दीमा पनि जबजकोे औचित्य र सान्दर्भिकता छ भन्नुको कारण यहि हो ।