Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा केसीको स्वास्थ्य जटिल, वार्ता टोली गठन गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौं । अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल हुन थालेको छ। उनका सहयोगी डा तोसिमा कार्कीका अनुसार उननाई छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ। करिब एक घण्टा भयो डा केसीलाई एक्कासी अरु बेला भन्दा धेरै छाती दुख्यो अनि सास फेर्न गारो भयोु, उनले भनिन्। कार्कीका अनुसार डा केसीलाई अक्सिजन चाहिने भएको छ र अक्सिजन सपोर्टमा राखिएको छ। डा केसीले अन्य अत्यावश्यक तत्व र औषधिहरु भने लिन मानेका छैनन्। डा केसीले आफ्नो १९औं अनसन सुरु गरेको २१ दिन पुगिसकेको छ। तर, सरकारले वार्ता प्रक्रिया अघि बढाएको छ। गत बिहीबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका थिए। तर डा केसीले भने अस्वीकार गरेका थिए।

उता, नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ । ७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने संघले चेतावनी दिएको छ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल