Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. केसीलाई अनशन बस्न नदिन प्रहरीको घेरा

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित आफूले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी दिएका डा. गोविन्द केसी बसेको होटल प्रहरीको घेराबन्दीमा परेको छ । अनशन बस्न जुम्ला पुगेका डा. केसी बसेको होटल प्रहरीले घेराउ गरेपछि उनी बाहिर निस्कन सकेका छैनन् । प्रहरीले निस्किन नदिएपछि उनले अनशन एक हप्ताका लागि स्थगित गरेका छन् । आफ्ना माग पूरा नभएको भन्दै भदौ ११ गतेदेखि डा केसीले सत्याग्रह घोषणा गरेका थिए । प्रहरीले डा केसी बसेको होटलभन्दा ५ सय मिटर पूर्व–पश्चिममा निषेधित क्षेत्र भन्दै बुधबार साँझदेखि कसैलाई जान दिएको छैन । बिहीबार उनलाई भेट्न पुगेका सञ्चारकर्मीलाई पनि प्रहरीले रोकेको थियो । डा।केसीले अनसन बस्न खोजेको ४ वटै स्थानमा स्थानीय प्रशासनले सुरक्षाकर्मी खटाएको छ । हुम्ला, मुगु, कालीकोटलगायत जिल्लामा निःशुल्क शिविर चलाएर डा। केसी एक महिनादेखि जुम्ला बसिरहेका छन् । डोल्पामा शिविर चलाउन गएका उनलाई स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले अवरोध गरेपछि केसी जुम्ला फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सदरमुकाममा निषेधाज्ञा जारी गरिएकाले कसैलाई पनि आउजाउ गर्न नदिइएको बताए । उनका अनुसार समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि साउन २५ गतेदेखि चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।