Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चिहानबाट राजतन्त्र फर्काउने कमाण्डहरु अवस्था हेदा उदेक लाग्छ । बसेको ठाउँबाट दुई जनाले तानेर उठाउनु पर्ने ज्येष्ठ नागरिकलाई आरम गर्ने समयमा राजंस्था फर्काउने जिम्मा निर्मल निवासले थोपरेको छ । राजसंस्था पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्द मुक्त भएपछि पुरानै जिम्मेवारीमा फर्किएका छन् । सुवेदीलाई प्रहरीले नजरबन्द गरेपछि आन्दोलनको संयोजन जगमान गुरुङले गर्दै आएका थिए । मंगलबार संयोजक नवराज सुवेदीको नजरबन्द फुकुवा भएपछि राजसंस्था पुनःस्थापना संयुक्त आन्दोलन समितिको संयोजकको दायित्त्व सुवेदीले बहन गरेको गुरुङले बताए । उनले भने, मैले राजसंस्था पुनःस्थापना संयुक्त आन्दोलन समिति , निर्देशक समितिको प्रमुख सल्लहकार पदमा रहेर यस समितिका सम्पूर्ण अभियानलाई सफल गर्न पूर्ण सहयोग गर्नेछु । उनले आफूले कार्यवाहक संयोजक रहँदाका बखत कार्यक्रमहरूलाई सफल पार्न सहयोग गर्नेप्रति आभार व्यक्त गरेका छन् ।
२०८२ बैशाख १०
ताजा नेपाल
२०८२ बैशाख १०
ताजा नेपाल
२०८२ बैशाख १०
ताजा नेपाल