Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डिउटीको प्रहरीलाई हातपात

रौतहट । परोहा नगरपालिका ३ तेजपाकडस्थित डिउटीमा खटिएको प्रहरीलाई गाली गलौज तथा हातपात गरेको अभियोगमा परोहा नगरपालिका ३ बस्ने २६ वर्षीय कलाम अन्सारी समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मस्दिजमा लकडाउन उल्लंघन गरी ठूलो संख्यामा मानिसहरु भेलाजम्मा भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थाई प्रहरी पोष्ट लौकाहाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा आक्रोशमा आई प्रहरीलाई गाली गलौज गर्दै हातपात समेत गर्न खोजे पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार