Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डिजेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य १०÷१० रूपैयाँले घटाएको छ ।
निगमले सूचना जारी गर्दै १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आएको छ ।
ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट आज प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोल तथा डिजेलको मूल्यमा केही रकम घटेर आएको थियो । उक्त सन्दर्भमा निगम संचालक समितिको निर्णय अनुसार आज राती १२ः०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा डिजेल र मट्टितेलमा प्रति लिटर १० ले घटाइएको छ।
साथै पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत नै राखिएको छ।
घटेको मूल्य अनुसार निगमको डिपो र कार्यालयदेखि १५ किलोमिटरसम्म पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ ।
निगमले पेट्रोल मूल्य १७५ रूपैयाँ तोकेको छ । तर, डिजेल र मट्टितेलको मूल्य १६५ रूपैयाँमा १० रूपैयाँ घटाएर १५५ रूपैयाँ तोकेको छ ।