Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तामझाममा विश्वास छैन : रेखा

गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् । रेखाले भनिन्, ‘विवाह मेरो व्यक्तिगत कुरा भएकोले अहिले सार्वजनिक नगर्ने सोच थियो । कसोकसो बाहिर आएछ । मैले पहिले भनेको थिएँ। विवाह तामझाम गर्दिनँ । त्यही अनुसार विवाह गरेँ ।’ रेखाले कोट म्यारिजनै आफ्नो आधिकारीक विवाह भएको बताइन् । उनले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेकी हुन् । बलराम अमेरिका निवासी व्यवसायी हुन् ।