Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिहारपछी सुनको मुल्य १४ हजार १ सयले घट्यो

आइतबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ।
तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ, जबकि तिहारअघि यो २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।
आइतबार चाँदीको भाउ पनि प्रतितोला १ सय रुपैयाँ घटेर ३ हजार ६ सय रुपैयाँमा झरेको छ।

२९ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ ।

तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तिहारअघि अर्थात् गत सोमबार सुनको मूल्य २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो । सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा मूल्य समायोजन गरिएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आज ३ हजार ६ सय रुपैयाँमा झरेको छ । तिहारयता चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । गत सोमबार चाँदीको भाउ ३ हजार ८५५ रुपैयाँ थियो ।

 


सम्बन्धित समाचार

निरिह भयो राष्ट्रिय अनुसन्धान विभाग

२०८३ आश्विन १४

ताजा नेपाल

Prime bank

२०८३ आश्विन १२

ताजा नेपाल