Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो पहाडको छायाङ्कन

काठमाडौं । निर्देशक तुलसी घिमिरे बिरामी हुँदा फिल्म ‘पहाड’को छायाङ्कन रोकिएको छ । गोरखा दरबारमा पूजाआजा गर्दै छायाङ्कन सुरु भएकोमा एक दिन सुटिङ भए पनि भोलिपल्ट नै घिमिरेको स्वास्थ्य असहज भएपछि तत्काललाई छायाङ्कन रोकिएको हो । घिमिरेको यति बेला चितवनको एक अस्पतालमा उपचार भइरहेको छ । फिल्मका निर्माण नियन्त्रक अरुण रेग्मीका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आइरहेको र चाँडै डिस्चार्ज हुने पर्खाइमा आफूहरू रहेको बताए । चिसोको कारण निर्देशक घिमिरेको स्वास्थ्य अवस्थामा समस्या आएको रेग्मीले बताए । तर, चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएकाले ‘पहाड’को छायाङ्कन ठ्याक्कै कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन । यद्यपि, केही दिनको अवस्था हेरेर सुटिङको मिति तय गरिने रेग्मीको भनाइ छ । ‘दर्पण छाया २’ पछि घिमिरे ‘पहाड’बाट ७ वर्षपछि पुनरागमन गर्न लागेका हुन् । भाग्य रत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, पञ्चमी घिमिरे, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, प्रियङ्का कार्की, आशा पौडेल, रेणु योगी, अङ्कित खड्काको अभिनय हुनेछ ।