Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तेस्रो विश्वयुद्धको शुरुवात र भारतको दोहोरो रणनीति

  • अर्जुन ज्ञवाली

तेस्रो विश्वयुद्ध आधिकारिक रूपमा सुरु भएको छ । रुसी राष्ट्रपति पुटिनका सल्लाहकार रुसी राजनीतिक विश्लोष्क अलेक्जेन्डर दुगिनले तेस्रो विश्वयुद्ध शुरु भएको घोषणा गरेका छन् । यसलाई रुसको आधिकारीक धारणाका रुपमा लिन सकिन्छ । वर्तमान विश्वमा चलिरहेको यहुदी–अर्थोडक्स अर्थात् रुस–युक्रेन युद्ध र यहुदी–मुश्लिम अर्थात् इजरायल–हमास र प्यालेस्टाइन युद्धलाई अलेक्जेन्डर दुगिनले यसरी व्याख्या गरेका छन् । इजरायलले गाजालाई बरबाद गरिसके पछि, अर्थात् संसारको आँखा अगाडि सामूहिक नरसंहार गरिसके पछि, उसले लेबनानसँग पूर्ण युद्ध सुरु गरेको छ । जसरी इजरायलले गाजामा पुरै प्यालेस्टिनीहरू विरुद्ध होइन, हमाससँग लडिरहेको दाबी गर्यो (यद्यपि वास्तवमा सत्य त्यस्तो थिएन), त्यसैगरी अब नेतान्याहुले सान्दर्भिक रुपमा हेजबोल्लाहलाई सामना गर्ने भन्दै सार्वभौम देश लेबनामा सर्वसाधारणको विरुद्ध सामूहिक रकेट आक्रमण र कार्पेट बमबारी सुरु गरेको छ । यो जुनसुकै अर्थमा पनि यो एक युद्ध हो । साथै पश्चिमले इजरायलको आक्रमणलाई पूर्ण समर्थन गरेको छ ।
युक्रेनी मोर्चापछि एकध्रुवीय वर्चस्व विरुद्ध बहुध्रुवीयताको सुदृढिकरणको बीच दोस्रो मोर्चा खुला भएको मान्न सकिन्छ ।
पश्चिमले युक्रेनी नाजीहरूको माध्यमबाट रूससँग, र इजरायली नाजीहरूको माध्यमबाट शिया मुस्लिमसँग युद्ध गरिरहेको छ । साथै ताइवानका नाजीहरूको माध्यमबाट चीनसँग युद्ध सुरु गर्न तयार छ । नाटोले रूस विरुद्ध थप युरोपेली सेनाहरू, इरान र लेबनान विरुद्ध सुन्नी सेनाहरू पठाउने, र ताइवानलाई भारत, जापान, र दक्षिण कोरिया गठबन्धनको समर्थनमा राख्न लागेको छ । यदि यो तेस्रो विश्वयुद्ध होइन भने, के हो?
रुसको तेस्रो विश्वयुद्ध शुरु भएको यो घोषणाबाट अमेरिकी साम्राज्यवाद, नेटो र क्वार्डमार्फत् पश्चिमले विस्तार गर्न खोजेको सैन्य रणनीतिका विरुद्ध रुस जस्तोसुकै चुनौती पनि सामना गर्न सक्षम छ भन्ने सन्देश पनि दुगिनको धारणा हो । दक्षिण एशियाको सन्दर्भमा जसरी रुस केन्द्रीत अमेरिकी सैन्य संगठन नाटो क्रियाशील छ, त्यसैगरी चीनलाई केन्द्रीत गरेर अमेरिकाले क्वार्डमार्फत् चीन लक्ष्यित शैन्य संगठन परिचालन गरेको छ । क्वार्डमा अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र भारत सामेल छन् । जापानमा अमेरिकी सैन्य टुकडी छ भने दक्षिण कोरियामा पनि अमेरिकी सैन्य वेशक्याम्प रहेको छ । यससँगसँगै इन्डो–प्यासिफिक स्टाटेजीअन्तर्गत एसियाली मुलुकहरूमा चीनलाई केन्द्रीत गरेर अमेरिका क्रियाशील रहेको छ । दक्षिण एसियाको सन्दर्भमा हेर्दा भारत दोहोरो रणनीति अपनाइरहेको देखिन्छ । एकातर्फ भारतको सैन्य हात हतियार रुससँग परनिर्भर छ । पश्चिम फण्डिङ भारतीय बुद्धिजीवी शशि थरुरका अनुसार अहिले पनि भारतको आधा हतियार रुसमा परनिर्भर छ भने ८० प्रतिशत मर्मत सम्भारको टेक्नोलोजी रुसमै निर्भर रहनुपर्ने अवस्था छ । यो स्थितिमा भारत एकातर्फ क्वार्डजस्तो अमेरिकी सैन्य गठबन्धनमा आबद्ध रहेर चीन विरुद्ध दक्षिण चीन सागरमा आफ्नो उपस्थिति देखाएको छ । अर्कोतर्फ डलरलाई विस्थापित गर्ने उद्देश्यका साथ चीन–रुसको पहलमा स्थापित ब्रिक्स जसको विस्तार विश्वव्यापी रुपमा हुँदैछ त्यसमा भारत सामेल रहेको छ ।
यति बेलाको विश्व भूराजनीति सन् १९९० भन्दा अगाडिको जस्तो सीतयुद्ध कालिन अवस्था होइन । यतिबेला एकातर्फ विश्व राजनीतिमा चीन–रुस रणनीतिक साझेदारी गरेर अगाडि बढ्ने घोषणा चिनियाँ राष्ट्रपति सी चिन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका छन् । यो अवस्थामा भारत एकातर्फ रुससँग र अर्कोतर्फ दक्षिण एसियाको हकमा चीनसँग सँगै जान कति सम्भव छ ? आफैंमा प्रश्न चिन्ह खडा छ । यदि भारत दक्षिण एसिया या एसियाको हकमा अमेरिकी सैन्य गठबन्धन क्वार्डमा सामेल भयो भने चीन अझ आक्रामक रुपमा एसियाली मुलुकहरूमा आफ्नो उपस्थिति जनाउँदै जाने देखिन्छ । किनकि चीन र रुसको साझा प्रतिस्पर्धा अमेरिका र नाटोसँग जोडिएका मुलुकहरूसहित क्वार्डसँग जोडिएका मुलुकहरू पनि हुनेछन् । यो अवस्थामा भारतको दोहोरो रणनीति धेरै समय जान सक्ने छैन । इतिहासलाई फर्केर हेर्ने हो भने भारत स्वतन्त्र भएको सन् १९४७ पछि भारतीय प्रधानमन्त्री जवाहारलाल नेहरूले यस्तै रणनीति अपनाएका थिए । एकातर्फ नेहरूले आफूलाई चीन–रुस दुवै धु्रवमा नउभ्याएर असंलग्न राष्ट्रको रुपमा उभिएको भनिरहेका थिए भने अर्कोतर्फ उनले असंलग्न राष्ट्र रहेको चीनका विरुद्ध खेल्न खोज्दा सन् १९६२ को भारत चीन युद्ध भएको थियो ।
आफ्ना बुबा जवाहरलाल नेहरूको यो असफलतालाई नजिकबाट हेरिरहेकी छोरी इन्दिरा गान्धी जब बाबु जवाहरलाल नेहरूको मृत्युपछि सत्तामा आइन् उनले नेहरूको द्वेध विदेश नीतिलाई परित्याग गर्दै तत्कालिन सोभियत संघ (रुस)सँग २५ वर्षे सुरक्षा सम्झौता गरेर विश्व राजनीतिमा भारतलाई रुसी धु्रवमा उभ्याएकी थिइन् । यतिबेला भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले नेहरूको त्यही असफल सीतयुद्धकालिन विदेश नीतिलाई अंगालिरहेका छन् । यसले सन् १९६२ को जस्तो युद्ध त नमित्याउला तर भारत विभाजनको तहसम्म नपु¥याउला भन्न सकिँदैन । यदि एसिया अर्थात् दक्षिण एसियाको हकमा चीनलाई काउन्टर दिने उद्देश्यले भारतले अमेरिकासँग क्वार्डमा सामेल भएर खेल्न खोज्यो भने त्यसले ब्रिटिशहरूले इष्ट इन्डिया कम्पनीमार्फत् ५५५ रजौटाहरूलाई एकीकृत गरेर जोडिदिएको वर्तमान भारत धुजा धुजा हुने कुरामा कुनै विमती राख्नु पर्ने अवस्था छैन । यदि भारत क्वार्डमा सामेल भयो भने त्यसले एसियाली मुलुकहरूमा चीनलाई अझ आक्रामक बनाउने छ । पाकिस्तानबाट भारतलाई भइरहेको चुनौती बंगलादेशमा सेख हसिना वाजेदको बहिर्गमनसँगै भारतको बहिर्गमन, माल्दिभ्सबाट भारत आफ्ना सेना फिर्ता गर्न बाध्य भएको अवस्था, श्रीलंकामा वामपन्थी राष्ट्रपतिको विजयी र नेपालमा पनि भरातीय हस्तक्षेपविरोधी जनमतमा माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पछिल्लो कार्यकाल सन् २०२३ मा चीनसँग १२ वटा सम्झौतामध्ये परराष्ट्र मन्त्रालयको वेभसाइडमा रहेको बुँदा नं. ६ को सुरक्षा सम्झौताबाट भारत नेपालबाट पनि बहिर्गमित हुने प्रक्रियामा छ । तेस्रो विश्वयुद्धको यो चरण यहुदी–इस्लाम, यहुदी–अर्थोडक्सबीच भइरहेको रुसीहरूको धारणाबाट अब भारत यहुदीहरूको हिंसात्मक पक्षमा उभिने या विपक्षमा ? यदि भारत यहुदी नाजीवादीहरूको पक्षमा उभिने हो भने भारत विभाजनलाई कसैले पनि रोक्न सक्ने छैन । समयमै चेतना भया ।