Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तोलामा ६ हजार ३०० ले घट्यो सुनको मूल्य

बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रूपैयाँ र चाँदीको मूल्य ३ हजार ३८० रूपैयाँ कायम छ ।

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ हजार ३०० रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ११० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रूपैयाँ र चाँदीको मूल्य ३ हजार ३८० रूपैयाँ कायम छ ।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रूपैयाँ र चाँदीको मूल्य ३ हजार ४९० रूपैयाँ कायम थियो ।