Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यसपछि प्रचण्डले भने, अहंकारले पार्टी चल्दैन

काठमाडौं । नेकपाभित्रको अन्तरकलह आरोप प्रत्यारोपमा उत्रिएको छ । यही बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको ७० औं बैठकमा दिएको जवाफ अहंकार र घमण्डले भरिएको बताएका छन् । सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको प्रत्युत्तरमा अहंका बाहेक केही नदेखिएको बताएका हुन् । “मैले राखेको विषयवस्तुलाई आरोपपत्र भन्नुभयो । यहीँनेर तपाईंमा अहंकार देखियो । तपाईंको दम्भ, घमण्ड, अहंकारनै समस्या निम्त्याइरहेको छ । फेरि पनि निम्त्याउने छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक एक सचिवालय सदस्यले भने, “तपाईं जसरी प्रस्तुत हुँदै हुनुहुन्छ, यो राम्रो बाटो होइन । बहुमत सचिवालय सदस्यको प्रस्ताव स्वीकारेर जानुको विकल्प छैन ।” ओलीको जवाफलाई प्रचण्डले अफवाहको संज्ञा दिएका थिए । ओलीले दोस्रो केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय नमानेपछि पार्टीमा समस्या सिर्जना भएको भन्दै त्यसलाई सच्याउनुको विकल्प नभएको प्रचण्डको भनाइ थियो ।
‘प्रचण्ड’ले ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको समेत बताएका थिए । प्रधानमन्त्री ओलीको एक घन्टा लामो मन्तव्यपछि शनिबारको सचिवालय बैठकमा छोटो सम्बोधन गरेका प्रचण्डले त्यस्तो बताएको ती केन्द्रीय सदस्यले भने ।
यद्यपि, ओलीका तर्फबाट जवाफी प्रस्ताव आउनुलाई आफूले सकारात्मक रूपमै लिएको बताउँदै प्रचण्डले दुवै प्रस्तावमाथि सही ढंगले छलफल गरिए पार्टी एकतालाई अझ मजबुद बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार