Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्ला दिनमा परीक्षणको दायरा फराकिलो पार्दा कोरोना संक्रमितको पहिचान पनि बढेको छ । शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
डा देवकोटका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरुको आरडीटी विधिबाट गरिएको परीक्षणमा पाजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेसनमा राखेर पीसीआर परीक्षण गरिएको थियो । सेती अस्पतालमा थपिएका ४ जना संक्रमितहरु वैतडी शिवथान गाउँपालिकाका २०, २० , २२ र २७ वर्षका रहेका छन् । त्यस्तै कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा झापाका डिल्लिराज माविको क्वारेन्टाइमा रहेका एकजना ३३ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता डा देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मधरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष सम्मका पुरुष रहेका छन् । यस्तै नरैनापुर–३ बाँकेका राष्ट्रिय प्राविको क्वारेन्टाइमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै बाँकेकै नरैनापुर– १ को राष्ट्रिय प्राविमा महाकनियामा गरिएको नमूना संकलनमा ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बर्दियाका १९ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतको प्रयोगशालमा पनि १ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म ४५ हजार ७ सय ५७ वटा नमूना परीक्षण गरिएको छ । यस्तै गत २४ घण्टामा ३ हजार ४ सय ९४ वटा नमूना परीक्षण गरिएको छ ।