Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थप ५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ । आज विहान थप २ जनामा संक्रमण पुष्टि भएको जनाएको स्वास्थ्य मन्त्रालयले थप ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार धनुषा र महोत्तरीमा २–२ जना तथा सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष र मिथिला नगरपालिकाकी २० बर्षीया महिला छन् । यस्तै महोत्तरीको जलेश्वर नगरपालिकाका १६ वर्षीय युवक र वलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । अर्का एक जना भने सर्लाहीको धन्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष छन् ।