Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दलालकै भरमा कतिदिन चल्ला कमरेड

सम्बृद्धि र विकास राष्ट्रिय एजेण्डा बनेको नेकपाको सरकारले प्रधानमनत्री ले रुचाएका गुटले विश्वास गरेका कमीसन खोर विचौलियाहरलाई वोटलेर राजनिती नियुत्ती दिदाँ धेरै विवाद भएको छ । यस्तोपाराले कम्युनिष्ट पार्टीको इज्जत पनि रहेन प्रतिष्ठा पनि बचेन । त्यसैले प्रमको तहबाट स्वीकार गरीएको गोकर्ण रिसोटको २७९६ रोपनी जग्गा होस वा नेपाल ट्रस्टमा इश्वरलाई अध्यक्ष बनाएर सरकारी जग्गा एती समुहलाई भुमी दान गरीयो यो सम्बृद्धीको सुरुवाती पाटो हो । ट्रस्टमा सिताराम सापकोटा भित्राउनु पर्यटन व्यावसायि दावा फुटी शेर्पालाइ स्पेनको राजदुत बनाइनु फुर्वा ग्याल्जेन शेर्पा र निमा निरु शेर्पालाई वायु सेवा निगमको बोडमा प्रवेश गराउनु संस्थागत सुधार होलान । त्यसोत श्रीमतीका हत्यारा रन्जन कोइरालाको जेल सजाय माफी हुनु सपना प्रधान मल्लले लाइसन विना गाडी चलाएर एक महिलाको हत्या गनेर्् मल्ल थरकै उरन ठेउलालाई सजाय माफी दिनु पनी नेपालको कानुन सर्वोच्च अदालत र विशेष अदालतले जानुन भनेजस्तै भयो । त्यो पनि कम्युनिष्ट पाटीको प्रगतीसिल न्यायिक क्षेत्रमा । सत्ताको नजिक भएपछि र न्यायधिसहरुलाई बुझाएपछि हुने यस्तै हो ।
विदेशमा रोजगारीका लागी जाने नेपालीहरु ठग्ने कैलास खड्का को अपराध सरकारलाई थाहाँ थियो । नागरिकता विवादमा परेका मुस्लीम आयोगका अध्यक्ष पनि गुटकै कारण ठाउँ पाउँछन । सम्धी भएकाले वितीय शास्त्रका पिएचडी डाक्टर उपेन्द्र कोइराला अध्यक्ष बन्नु पनि सम्बृद्धीकै एउटा पाटो मान्नु पर्दछ । किनकी नेकपा भित्र वितीय शास्त्र पढेका अर्थशास्त्र बुझेका बुद्धीजिवीहरु ओली गुट भित्र अरु थिएनन् । आफ्नो सम्पत्ति ट्रस्टमा राखेको वृद्ध नेतालाई दलाल र कमिसन एजेन्टहरुले घेरी रहेका छन् यो सत्यलाई प्रधानमन्त्री र उनका सल्लाहकारहरले पचाउन कसरी । त्यही कारण खेलकुद उपाध्यक्ष शिव कोइरालाले पनि थानकोटमा एक महिला माथि गाडीले आक्रमण गर्दा अदालतले तोकेको सजाय भोग्नु सट्टा राजनिती नियुत्ती पाए उपचार खर्च पनि दिनु परेन । कम्युनिष्ट शासनमा देखिएको जनसेवामा अब अध्यक्ष प्रचन्ड वरिष्ट नेताहरु माधब नेपाल झलनाथ खनालहरुको श्राद्ध गर्नेहरुलाई नियुत्ती दिलाउनु पनि विकास हो । जसले प्रमओली लाई देवत्व करण गर्दे तुमेव माता च पिता तुमेव मन्त्र जब गरेर यस्ता राम्राकाम गर्न उक्साए । रु एक अर्व पचास करोड को आइटी ल्याबको लागी शुरुमा २ अर्व ३८ करोड प्रस्ताब गर्ने सन्चार मन्त्रालयले पुरुषोतम खनाललाई रकम बढाएर ३ अर्व पचास करोड पुराए । भ्रष्टचार गर्न नदिने प्रधान मन्त्री आलीलाई ओम्नी समुहलाई अगाडी सारेर ग्लोबल टेन्डर विना सार्वजनिक खरीद ऐन विपरीत काम दिनु नियम संगत छैन भन्ने थाहा भएन किनकी त्यहाँ इश्वर पोखरेल विष्णु रिमाल जस्ता निष्ठावान हरुको गिरोह सहभागी थियो । कार्ययोजना तयार पार्ने सेकुरिटी प्रेश खरीद काण्डमा ७० करोड भाग छुट्टाउन लगाउने स्वच्छ छवीका गोकुल बास्कोटा थिए । उनलाई अख्तीयारले सफाइ दिने तयरी गरी रहेको छ । कीनकी उनले प्रसा कुरा त गरे तर लिन पाएका थिएनन् । काम भएको भए ११ अरब को प्रेसको मुल्य १७ अरब ६८ करोड बनाईदै थियो । योत नितीगत भ्रष्टचार हो वर्तमान सरकार नितीगत लुट र गुट बन्धिमा केन्द्रित भएका कुरा राजनितीक नियुक्ति र विद्धानहरुको चरित्रले छर्लग्ग पार्दछ ।
सिद्धान्त र निती विधि र प्रकृया वर्तमान सरकारका निमीत्त नगन्नी भए । गुट बन्दी सर्वेसर्वा बनेको बेला सरकारले प्रेश काउन्सीलमा आक्मण गर्न पनि बाकी राखेनन् । प्रधानमनत्री जयजयकार गर्ने हरुलै जताततै स्थान पाउने भएका छन् तैपनि यस्तो बेलामा सरकारले सिमा मिचीएको कालापानी क्षेत्रको नक्सा जारी गरेर बाइबाई कमायो गलत कामको विरोध गर्दा विग्रेका काम सपार्नु त कता कता आन्तरिक लडाइलाई चर्काउनु अध्यक्ष ओली र उनको टीमको सम्वद्धि र विकास मान्नु पर्दछ ।