Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दलाली कर्मकाण्डको भारत भ्रमण

  • भरत दाहाल

प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण दलाली कर्मकाण्डमा सीमित रहेको छ । कुनै समय नेपालको भूराजनीति र नेतृत्व सक्षम हुँदा यहाँका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीहरू आफैं अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न आउने गरेका थिए । तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई भारतका तत्कालिन शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धी नै विमानस्थलमा स्वागत र बिदाईका लागि आएकी थिइन् । तर, अहिले नेपालको कुटनीतिक स्तर यति खस्केको छ कि सचिव, उपसचिव र राज्यमन्त्री भन्दा माथिकाले स्वागत र बिदाई गर्न थालेका छन् ।

दिल्ली भ्रमणमा चाकरी र यूक्रेनको छायाँ
न नेपाल र ईण्डियाले बनाएको इजिपी प्रतिबेदनबारे छलफल, न अतिक्रमित भूमी फिर्ता ल्याउनेबारे एजेन्डा, न ब्यापार घाटा सन्तुलनको कुनै एजेन्डा, न त खुला सिमाना वा जनसंख्या अतिक्रमणका समस्याहरूको चर्चा । शेरबहादुरको दिल्ली भ्रमण उनको कोणबाट चाकरी मात्र हो भने भूराजनीतिक कोणबाट यो यूक्रेन सङ्कटपछि नेपाललाई च्याप्ने ईण्डियन रणनीति हो । यूक्रेन सङ्कटमा नेटोको पक्षमा उभिएको दक्षिण एशियाको एक्लो दलाल सत्ता शेरबहादुरको गठबन्धन मात्र हो । यतिबेला रुस र चीन जस्ता देशहरू यूक्रेनको प्रश्नलाई लिएर ईण्डियालाई आफ्नो हातमा लिने रणनीतिमा लागेका छन् । यो वैश्वीक महत्वको रणनीतिका लागि तिनीहरूले ईण्डिया चिढिने खालका कामहरू गर्ने छैनन् भन्ने आँकलन ईण्डियनहरूको रहेको देखिन्छ ।

गैरपश्चिमा ब्लकको यही रणनीतिबाट फाईदा उठाएर छिमेकिहरूलाई च्याप्ने र दबाबपूर्ण बाटोबाट आफ्ना कामहरू गराउने सोंचमा ईण्डिया अगाडि बढेको कुरा बुझ्न सकिन्छ । आकश्मिक रूपमा शेरबहादुर बोलाईनुको कारण पनि यही हो । सबैतिरबाट एक्लिएको वा आफ्नो घेराभित्र फसेको मौका पारेर ईण्डियाले इतिहासमा पनि पटकपटक यस्तै रणनीति बनाएको छ ।
वैश्वीक भूराजनीतिक समिकरण जस्तो सुकै होस् तर नेपालको आधारभूत समस्या भनेको ईण्डिया नै हो । नेपालको अर्थतन्त्र स्वाहा बनाउन लगाएर दुनियाँकै दरिद्र राज्य बनाउने, अपराधिहरू बोकेर जघन्य प्रकृतिका हत्याकाण्डहरू गराउने, नाकाबन्दी लगाउने देखि जनसंख्या अतिक्रमण गर्नेसम्मका अपराधहरूमा ईण्डियाको प्रत्यक्ष संलग्नता रहेको यथार्थता बिर्सनु हुँदैन । एशिया प्रशान्त क्षेत्रमा पश्चिमाहरूको मूख्य साझेदार पनि ईण्डिया नै हो भन्ने वास्तविकता पनि भुल्नु हुँदैन ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणभित्रको सन्नाटा
चीनको आफ्नै पहलमा अफगानिस्तान, पाकिस्तान, ईण्डिया हुँदै नेपालको आकश्मिक भ्रमण भयो । ‘आकश्मिक’ भन्ने शब्दले के अर्थ दिन्छ भन्ने कुरा सबैलाई जानकारी हुनुपर्छ । यस्तो भ्रमण कुनै गंभिर परिस्थिति उत्पन्न भएको बेलामा मात्र हुन्छ । तर चिनियाँ विदेशमन्त्रीको भ्रमणमा ठोस एजेन्डा केही देखिएनन् । भ्रमण चीन र नेपालको सत्ता एक अर्कासंग तर्सिएको मनोवैज्ञानिक भावमा पूरा भएको छ । आकश्मिक रूपमा आएका विदेशमन्त्री आरामपूर्वक चिया गफ गरेर समय गुजार्न आएका थिएनन् । त्यसो भए यो भ्रमणको उद्देश्य के ? उद्देश्य स्पष्ट छ, यूक्रेन सङ्कट र एमसिसि अनुमोदनपछिको नेपालको सत्ताको मनोविज्ञान बुझेर आगामी रणनीति बनाउनु । दक्षिण एशियामा यहाँको दलाल सत्ता मात्र यूक्रेन सङ्कटबारे अमेरीका र नेटोको पक्षमा उभिएको छ ।

यूक्रेन सङ्कटमा अमेरीकाको भूमिका र त्यहाँका राष्ट्रपतिको पुटिन विरुद्धको दरिद्र अभिव्यक्तिपछि पश्चिमा ब्लकमा झनै ठूलो बिग्रह आएको छ । यूक्रेनमा पश्चिमाहरूको पराजय निश्चित छ । अब अमेरीका खेल्ने ठाउँ भनेको ताईवान, नेपाल र खाडी क्षेत्र हो । खाडीमा पनि अमेरीकाको हातबाट साउदी र यूएई जस्ता देशहरू चिप्लिंदै गएका छन् । ताईवान सितिमिति यूक्रेन बन्न राजी हुने छैन । यसो भएमा अमेरीकाका आँखा नेपालमा केन्द्रीत हुन जरुरी हुन जान्छ । चीनले यही कुराको मनोविज्ञान बुझ्न खोजेको छ ।

यूक्रेन सङ्कटपछिको विश्व विभाजनमा नेपालको सत्ताको संभावित भूमिका र बिआरआई संझौताप्रतिको धारणा बुझ्नु नै चिनियाँ विदेशमन्त्रीको भ्रमणको मूल उद्देश्य हो । यो प्रयास चीन मात्र होईन, सबै गैर–पश्चिमा ब्लकको चासोसंग सम्बन्धित छ । यूक्रेन मामिलामा नेटोको पक्ष लिएर शेरबहादुरको गठबन्धनले आफ्नो कित्ता स्पष्ट पारिसकेको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा बिआरआई संझौताका विषयमा कुनै एजेन्डा नबनाएर यसले एमसिपिसको चीन विरोधि रणनीति पनि स्पष्ट गरिदिएको छ । अब नेपाल त्यो ठाउँमा छैन, जहाँ केही महिना अगाडी थियो । अमेरीकाले दलालहरू प्रयोग गरेर नेपाललाई विश्वको भूराजनीतिक चक्रब्युहमा फसाईसकेको छ । यसको गंभिर प्रभाव यूक्रेन सङ्कटको समापनपछि तिब्र रूपमा देखा पर्न सुरु गर्नेछ ।

एमसीसीको नेपाली बंश विरुद्धको रणनीति !
एमसीसी संझौताका बुँदाहरू र नागरिकता ऐन संसोधनका लागि संसदमा लगिएको विधेयकको बुँदालाई राम्ररी अध्ययन गरौं । विद्युत ट्रान्समिशन लाईन बनाउन भनि आएको एमसीसीले गर्भ पतन वा गर्भको कुनै पनि प्रकारको जाँचमा रोक लगाउने कुरा उल्लेख गरेको देख्दा अनौठो लाग्छ । १३ बर्षका नाबालिकाहरूलाई गर्भ पतनको अधिकारको कानून लागु गर्ने अमेरीकाले नेपालमा गर्भ पतनमा यति कडाई गर्नुको कारण के ? एमसीसी संझौताको अनुसूची हेर्ने हो भने त्यहाँ एमसिसि परियोजनाको रोजगारीमा सिमान्तकृत तप्का र महिलाहरूलाई उच्च प्राथमिकतामा राख्ने कुरा गरिएको छ ।

एमसीसीका यी प्रावधानहरूले नेपालमा साम्प्रदायिक दंगा गराउने र नेपालीहरूको आनुबंशिक (जेनेटीक) अस्तित्व मेटाउने खतरनाक रणनीति बोकेर आएको देखिन्छ । अमेरीकाले सिमान्तकृत तप्काको कुरा उठाएर रोजगारीका बहानामा एउटा समुदायलाई टेक्ने आधार बनाउने र त्यसैमा टेकेर नेपाल विरुद्ध षडयन्त्रहरू अघी बढाउने चाल चल्न खोजेको छ । अहिलेको यूक्रेन सङ्कटको मूल कारण यही थियो । यूक्रेनी जातियतालाई समातेर यूक्रेनमा जरा गाड्नका लागि यूक्रेनी भाषिहरूलाई रुसी भाषिहरूका विरुद्धमा उचाल्नुको परिणाम नै अहिलेको यूक्रेनको दुर्दशाका पछाडिको मूल आन्तरिक कारण हो । संझौतामा महिलाहरूलाई रोजगारीमा प्राथमिकता दिने र गर्भ पतन गराउन नदिने प्रावधान अझै खतरनाक छ । यो प्रावधान नेपालीहरूको आनुबंशिकता (बंश परम्परा वा मौलिक उत्पत्ति) लाई नष्ट गरेर विदेशी रगतका वर्णशंकरहरू उत्पादन गर्ने योजनामा ल्याईएको छ । अमेरीकीहरूको योजनामा फिलिपिन्स यसको नराम्ररी शिकार भैसकेको छ र त्यहाँ अमेरीकीहरूले अवैध रूपमा जन्माएका हजारौं मानिसहरूको नागरिकता समस्या अहिले पनि समाधान भएको छैन । अमेरीकाको यो अपराधिक योजना नेपालका गाउँघरहरू पुरुषविहिन भएको तथ्यलाई ध्यानमा राखेर ल्याईएकोमा कुनै संका छैन ।

अब तलको फोटोको अन्त्यमा संसदमा पेश गरिएको नागरिकता ऐन संसोधान विधेयकको बुँदा हेरौं । यसमा बाबुको पहिचान हुन नसकेका बच्चाहरूको हकमा आमाले बाबुको पहिचान हुन नसकेको स्वघोषणा गरेमा त्यस्ता सन्तानलाई नेपाली नागरिकता दिने कुरा उल्लेख छ । बच्चा जन्माउने महिलालाई आफूलाई गर्भाधान गर्ने लोग्ने मानिसका बारेमा जानकारी हुन्छ कि हुँदैन ? ’बाबुको पहिचान हुन नसकेको खण्डमा’ भनेको के हो ? यो अरु केही नभएर विदेशीहरूले लोग्ने विदेशमा गएका महिला वा कुमारीहरूलाई धमाधम गर्भ बोकाउने तर जिम्मा नलिएर नेपाली नागरिकता दिलाउने षडयन्त्र हो ।

अमेरीका र त्यसका एजेन्टहरूले यस्तो अपराध अगाडी बढाउनुका पछाडी २ वटा कारणहरू छन् । एउटा कारण हो, नेपालीहरूको पुर्ख्यौली बंश परम्परालाई समाप्त पारेर विदेशी रगतका वर्णशंकरहरू उत्पादन गर्नु । दोश्रो कारण हो, स्वतन्त्र तिब्बतको षडयन्त्रका लागि लडिदिने विदेशी जनशक्ति उत्पादन गर्नु । नेपालीहरूबाट अमेरीकी साम्राज्यवादीहरूको मिशन पूरा नहुने भएकोले तिनीहरूले नेपालमा बेरोजगारी सिर्जना गरी नेपालीहरूलाई विदेश धपाएर नेपालमा विदेशीहरू भर्न खोजीरहेका छन् । बाबुको पहिचान नभएको नागरिकताको वकालत गर्ने अपराधिहरू सबै यसै मिशनमा लागेका छन् ।