Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दशैंमा जताततै प्रहरीको लूट

प्रमको भनाई र आईजीको उर्दीलाई लोप्पा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र घुस प्रकरण बन्द गरेको मुखले जति खोके पनि उनका मन्त्रीहरुले लूट मच्चाउन बाँकी नराखे जस्तै आईजीपी सर्वेन्द्र खनालले प्रहरीमा भ्रष्टाचार नियन्त्रण त कति गरे कुन्नि ? दशैंको मौका पारेर घुमुवा खटाउँदै रकम अशुल्ने प्रक्रिया भने देशैभरका प्रहरीहरुले चम्काएका छन् । मन्त्रीहरुले बिचौलिया र तस्करहरुबाट पैसा लिइरहेका छन् भने प्रहरी अधिकारीहरुले दशैंखर्च भन्दै आङ्खना कार्यक्षेत्रअन्तर्गत पर्ने व्यापारी तथा ठेकेदारहरुसँग मात्र होइन, राजधानीमा प्रवेश गरेका पशु चौपाय बोकेका ट्रकहरुलाई समेत बाँकी राखेका छैनन् ।

खनालको पालामा प्रहरीले छ हजार ७ सय थप दरबन्दी पनि पायो, मानव बेचविखन नियन्त्रण ब्यूरो, क्राइम ब्यूरो, दुईवटा गण, दुई तालिमकेन्द्र, दुई दंगा नियन्त्रण गण, दुई प्रदेश प्रहरी कार्यालय थप गरी आन्तरिक संगठन विस्तार पनि नगरेको होइन । नयाँ थप दरबन्दी तीन हजार ५ सय ९६ ले संख्या बढाएको पनि छ । तर प्रहरीको आचरणमा सुधार भने भएको छैन ।

महानगरीय प्रहरी आयुक्त शैलेश थापाले आङ्खनो कार्यालय परिसरमा साप्ताहिक पत्रपत्रिकालाई प्रवेश निषेध गरेर लोकतन्त्रमा डिआईजीको हैकम पनि नदेखाएका होइनन् । उपत्यकाको तिन जिल्लाको कमाण्ड थापाको हातमा छ । तर प्रहरीले चोर, ट्यापे मुन्द्रेसँग पैसा खान छाड्ने दशैं खर्च उठाउने प्रतिस्पर्धा तराईमा जस्तै राजधानीमा पनि बढेको छ । पैसा उठाउन प्रहरी कार्यालयहरुले खुला प्रतिस्पर्धा चलाएका छन् । तर आईजीपी खनाल र प्रवक्ता विश्व पोखरेल भने प्रहरीले कतै घुमुवा परिचालन नगरेको, नगद र रक्सीका बोतल संकलन नगरेको बताउन पछि पर्दैनन् ।

स्वच्छताको कुरा त केरकारका सहुल थापाले पनि गरेकै छन् । परिसरका एसएसपी उत्तम सुवेदीले पनि त्यो बाटो लिनै प¥यो । मुखले जतिसुकै कडा गरे पनि ट्राफिकले थानकोट नाकामै प्रतिट्रक ५ हजार असुलेको छ । खसी व्यापारीको खसी घिच्याएको व्यापारीहरुले बताएका छन् । प्रत्येक नाकामा मुख बाहेर बसेका ट्राफिक प्रहरीलाई एसएसपी भीम ढकालको निगरानीले छोएको छैन । उता मधेशमा बारा जिल्लाका घुमुवा सई उपेन्द्र साहले हैरान पारेपछि एसपी विकास खनालले साहलाई सिरहा धकेलेको बताइएको छ भने डिआईजी प्रद्युम्न कार्कीको बदनाम पर्सासम्म सल्बलाएको छ ।

एसपीद्वय सन्तोष खड्का र सानुराम भट्टराईले च्याप्दा पहिलेका डिआईजी हरि पाल समेत साहको सवालमा थाकेकै हुन् । डिआईजी कार्कीलाई ड्युटीका प्रहरीको मोजा र कट्टु खोलेर आफू स्वच्छ भएको देखाउनु छ । तर एसपी कुमार दाहालले मोतीलाल पटेललाई विश्वास गरेकै छन् । प्रहरी जवान पटेल सई विजय यादवको सहयोगले उठाउन धाएकै छन् । यही बेला प्रहरीको प्रबन्धमा बदनाम डिआईजी नारायण खड्कालाई लगेर आईजीपी सर्वेन्द्र खनालले आफ्नो नुनको सोझो गरेकै छन् । चुरोटको बट्टामा तोक लगाएर राष्ट्रिय अनुसन्धानको निरीक्षकमा प्रवेश गरेका खड्का प्रहरीभित्र बदनाम अधिकृतको रुपमा परिचित छन् ।

भक्तपुरमा उनी रहँदा च्यामासिंमा घर किने, अहिले प्रबन्धमा रहँदा गिरी थरका निरीक्षक र उनको लुटले एसएसपी, एसपी, र डिएसपीसम्म हेरेको हे¥यै भएका छन् । यही बेला प्रहरीको सिआईबी र महानगरीय आयुक्त कार्यालयमा डिआईजीहरुको एक वर्षे कार्यकाल कटिसकेकोले ती ठाउँमा आउन पाहुँचवाला डिआईजीहरुको प्रतिस्पर्धा चलिरहेको छ । महारा काण्ड नभएको हुन्थ्यो भने आईजीपी सर्वेन्द्र खनालले यी दुई ठाउँमा डिआईजीहरुको सरुवा गरिसकेको स्थिति हुने थियो ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल