Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दारुका साथमा मन्त्रीलाई सत्तोसराप

काठमाडौं । काम गर्ने कालु, मकै खाने भालु भने जस्तै हो ऊर्जामन्त्री वर्षमान पुनको फुर्को । कमाउनु वर्षमानको पहिलो एजेण्डा हो । रोल्पाको नाममा लुट्नु, स्वास्नी, साला, साली, भाइ, बहिनीलाई सत्ताको रजाई गराउन सफल हुनु वर्षमानको सफलता हो । वर्षमान तस्कर एवं माफिया उपेन्द्र महतोका दलाल हुन् । ऊर्जा क्षेत्रकै जानकार नेपाल इञ्जिनियर एशोसिएसनका महासचिव छवि पोखरेल, इन्द्रेणी फुडल्यान्डमा रंगीन झोल पदार्थ चुस्स पार्दै भन्दै थिए, बरु जनार्दन शर्माले काम ग¥यो, काम गर्ने वातावरण बनायो । तर वर्षमान शुद्ध माफिया । उपेन्द्र महतोको दलाल भएर पैसा कमाउन मात्र लाग्यो । तनक्क तान्दै सनक्क सन्कँदै उनले भने, यस्तो लुटाहालाई प्रचण्डले किन हटाउँदैनन् । कानुनका पारखी डा. दिनमणि पोखरेल वर्षमानका सल्लाहकार हुन् । छवि पोखरेल अखिलको राजनीतिबाट आएका हुन् । विद्यार्थीहरूबीच यी लोकप्रिय थिए । काम गर्न यिनले सक्छन् मात्र मन्त्रालयले वातावरण बनाइदिनु प¥यो । तर वर्षमानले तस्कर उपेन्द्र महतोको दलाल बन्नु नै ठूलो उपलब्धी ठानेका छन् । ऊर्जा मन्त्रालय त उपेन्द्रले चलाए, वर्षमान त महतोको दलालन हो, छविको यो ठहर हो । वर्षमानले ललितपुरको एक हाउजिङमा ४ फ्ल्याट खरिद गरेको पैसा जनयुद्धमा लुटिएको गाड धन हो कि उपेन्द्र महतोले बक्सेको उपहार ? नेकपाका कार्यकर्ताहरू खोजिनिति गर्दैछन् ।


सम्बन्धित समाचार