Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दाहालले देखाए पूर्वमा कमाल

काठमाडौं । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालनसँगै पोके तस्करहरु र माफियाहरुको होस गुम्न थालेको छ । भारतसँग सीमा जोडिएका १, २, ५ र ७ प्रदेशमा केही समय यता सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनसँगै तस्करहरुको भागाभाग हुन थालेको छ । प्रदेश १ मा डीआईजी नरेन्द्र थापाको नेतृत्वमा संगठन परिचालन हुँदा तस्करहरुलाई विशेष छूट दिइएको कारण चोरी निकासीका घटनाहरुमा कमी आएको थिएन । तर यस पटक बंशी दाहालले डिआईजीको नेतृत्व गरेर प्रदेश १ मा गएपछि उनले टिमै परिवर्तन गरे । राजश्व असुलीमा ७५ प्रतिशत वृद्धि भयो, चोरीका सामानहरु पक्राउ गर्दै भन्सारमा बुझाउने अभियान चलाइयो । अहिले झापाका एसपी रमेश पाण्डे, विराटनगरका एसपी तिर्थ पौडेल, सुनसरीका एसपी राजेश उप्रेतीको सक्रियताले ती जिल्लाहरुमा सीमा नाकाहरु कडाई गरिएको छ । संगठन प्रमुखले गोप्य निगरानी गर्ने भएकोले जिल्लाका प्रमुखहरु पनि आफू मातहतका बिओपीहरुमा चासो दिने गरेका छन् । चाडबार्डका समयमा भारतसँग सीमा जोडिएका जिल्लाहरुको राजश्व विगतमा घटेको थियो । तर अहिले वंशी दाहालको नेतृत्वले आफू मातहतका जिल्ला प्रमुखहरुलाई कडीकडाउ गरेपछि राजश्व वृद्धि ७५ प्रतिशत भएको सशस्त्र प्रहरी बलका बिओपी प्रमुखहरुले नै बताउने गरेका छन् । तर सरकार त्यो संगठनको आवश्यकता र औचित्यलाई आत्मसाथ गर्न सकिरहेको छैन । आवश्यक दरबन्दी दिनुको सट्टा औद्योगिक क्षेत्र र कुटनीतिक क्षेत्रका सुरक्षाकर्मीहरुलाई तानेर सीमामा खटाउने सशस्त्रको बाध्यतालाई राज्यले कहिले बुझ्ला ?
उता, प्रदेश नं १ का सीमावर्ती स्थानहरूमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले धमाधम बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिरहेको छ । एक वर्ष भित्रमा २२ वटा बीओपी स्थापना गर्ने उद्धेश्यले काम भइरहेको सशस्त्र प्रहरीका प्रदेश १ का प्रमुख प्रहरी नायव महानिरीक्षक वंशी दाहालले जानकारी दिएका छन्
अहिलेसम्म पाँचथरको चिवाभन्ज्याङ, पाँचथरकै भैँसे, इलामको समालबुङ र इलामको सलकपुरमा बीओपी स्थापना भइसकेको सशस्त्र प्रहरीका नायव महानिरीक्षक दाहालले बताए । उनले भने, यो वर्ष २२ वटा स्थापना गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौँ । अन्य स्थानहरूमा पनि बीओपी स्थापना गर्नका लागि जग्गा खोज्ने काम भइरहेको उनले बताए । अबको केही दिनभित्रै ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना गरिने दाहालको भनाइ छ। पाँचथरको चारराते, गोरुवाले, इलामको सन्दकपुर, जौवारी, छब्बिसे र मानेभन्ज्याङ सीमा सुरक्षाका लागि बीओपी स्थापना हुने भएको छ । झापाका कचनकवल, भद्रपुर, पन्थापाडा, तिरिङ, आमगाछी, महेशपुर, नकलबन्दा र ज्यामिरगढीमा सशस्त्र प्रहरीको बीओपी स्थापना हुने भएको हो । प्रहरी नायव महानिरीक्षक दाहालका अनुसार मोरङका सुनबर्षी र मधुमल्ला र सुनसरीको उल्टीमा पनि बीओपी स्थापना हुने भएको हो । सीमा सुरक्षा तथा सीमा क्षेत्रमा हुने अपराधका घटना नियन्त्रणका लागि भनेर सरकारले स्वीकृत गरेका स्थानमा सशस्त्र प्रहरी उपस्थिति दह्रो बनाउनका लागि बीओपी स्थापना भइरहेका सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन् ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल