Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिनेश त्रिपाठीले रविविरुद्ध बहस गर्न भैरहवा पनि पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगे‍का छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट जिल्ला अदालतमा बहस गर्न त्रिपाठी बुधबार भैरहवा पुगेका हुन् ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पीडितकोतर्फबाट बहस गर्दा उनले माघ २ गते रास्वपार्यकर्ताको कुटाइ खानु परेको थियो । उक्त प्रकरणमा रास्वपाका दुई कार्यकर्तासहित तीनजना अहिले प्रहरीको हिरासतमा छन् । बुधबार उनले सामाजिकमार्फत् सहकारी पीडितहरूकोतर्फबाट बहस गर्न भैरहवा हिँडेको बताएका थिए । भैरहवा उड्नै लाग्दा खराब मौसमले ढिला भएको बताउँदै उनले पीडितहरूको तर्फबाट बहस गर्ने जानकारी दिएका छन् । त्रिपाठीले उक्त क्रममा न्यायको यात्रा निरन्तर जारी रहेको बताएका छन् । त्रिपाठीले रवि मुछिएको प्रकरणमा निरन्तर सहकारी पीडितहरूको तर्फबाट बहस गरिरहेका छन् । उनले पोखराको सूर्यदर्शन सहकारी र काठमडौंको स्वर्णलक्ष्मी सहकारी हिनामिना प्रकरणमा पनि पीडितहरूको तर्फबाट बहस गरिसकेका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ। यस प्रकरणमा मुख्य मुख्य प्रतिवादी लामिछाने मंगलबार अदालतमा उपस्थित हुन भैरहवा पुगिसकेका छन् । उनी बुधबार अदालतमा उपस्थित भएपछि मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको अघि बढिसकेको छ ।


सम्बन्धित समाचार

शिल्पाले भनिन्, मलाई अब लड्नु छैन

२०८१ माघ ९

ताजा नेपाल

सैफ अस्पतालबाट डिस्चार्ज

२०८१ माघ ९

ताजा नेपाल

५२ अंक बढ्यो सेयर बजार

२०८१ माघ ९

ताजा नेपाल