Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनी भारतीय अखबार द हिन्दुलाई दिएको अन्तर्वार्ता सच्याएका छन् ।
उनले आफू पहिलोचोटि प्रधानमन्त्री हुँदा पनि पहिलो भ्रमण चीनकै गरेको बताएका छन् ।
आफ्नो चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रचण्डले कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको बताए । मैले पहिला चीन भ्रमण गरेर भ्रमण भ्रमण गर्ने परम्परा तोडें । पहिलो कहाँ जाने भन्ने नेपालको निर्णय हो, प्रचण्डले भनेका छन् ।
छलफलका क्रममा प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति पनि दिएका थिए । उहाँले चाइना कार्ड खेल्न खोजेको भनेको होइन, राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस् भनेको हो, उनले आफ्नो अभिव्यक्ति सच्याउँदै प्रष्ट पारेका थिए ।
दुई साताअघि हिन्दुमा प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको शीर्षकमा प्रचण्डको अन्तर्वार्ता प्रकाशित भएको थियो । ओलीले त्यसको प्रतिवाद गरेका थिए ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल