Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाको दाउ, खाए खाऊ, नखाए अन्तै जाऊ

काठमाडौँ । अहिले मुखमा आएको प्रधानमन्त्री आफैंले खाएर शेरबहादुर देउवाले दुई वर्षपछि प्रचण्ड र चुनावी सरकार माधव नेपाललाई दिने गरी हुन लागेको समस्याको गुजुल्टोभित्र छिरेको छ । चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ । तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दल शक्ति बाँडफाँटको अन्तिम कसरतमा छन् । बिहान पार्टीभित्र आ‍न्तरिक र शीर्ष नेताहरुबीच चरणबद्व छलफलपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । गठबन्धनमा निर्णायक भूमिकामा रहेका कांग्रेस र माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउन चौतर्फी प्रयास गरिरहेका छन् । कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बेलुकासम्म गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने बताए । ुमुलुकलाई अहिले जनताको आकांक्षाबमोजिम कसरी अघि बढाउने भन्ने कुरा हो । त्यसमा कुनै अलमल छैन । प्रधानमन्त्री को हुने भन्ने कुरा गौण कुरा हो,ु कार्कीले भने, ुआइतबार नै गठबन्धनको प्रधानमन्त्री नियुक्त हुन्छ । माओवादी केन्द्रका नेताहरुले नेकपा एमालेसँग पनि अनौपचारिक छलफल गरिरहेका छन् भने कांग्रेसले पनि एमालेसँग संवाद टुटाएको छैन । आइतबार बिहानमात्रै कांग्रेस नेता विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीलाई निवासमै पुगेर भेटेका थिए । बालुवाटार स्रोतका अनुसार अहिले गठबन्धनकै सरकार बनाउने विषयमा सहमति जुटाउन अन्तिम कसरत चलिरहेको छ । शनिबारसम्म प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच को पहिले प्रधानमन्त्री हुने भन्ने सहमति हुन सकेको छैन । देउवाले पहिला दुई वर्ष आफू प्रधानमन्त्री बन्ने र त्यसपछिका २ वर्ष माओवादी अध्यक्ष दाहाल र चुनावी वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने गरी सहमति गर्न प्रस्ताव गरेका छन् । तर दाहालले भने आफू पहिलो कार्यकालमै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेका छन् ।