Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवालाई डा. शेखरले अत्याउँदै

काठमाण्डौ । काँग्रेसका नेताहरू धेरैलाई सभापति बन्ने रहर जागेको छ । तर प्रतिस्पर्धामा भने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने अनुमान छ । देउवा देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको नाताले र डा. कोईराला तेह्रौं महाधिवेशन लगतै ७७ जिल्ला पुगेर पार्टी कार्यकर्तालाई नेपाली काँग्रेस बनेर इमान्दार पूर्वक जनताको हित लोकतन्त्रको रक्षा संघिय शासनको सुदृढीकरण लागि लाग्न अनुरोध गर्ने र सम्झाउने गरेका नाताले महाधिवेशनमा कडा प्रतिस्पर्धा हुँदा कोईराला वंशबाट डा. शेखर नै देउवाका प्रतिस्पर्धा बन्न निश्चित छ । उनले घोषणा नगरे पनि चन्डोलतिर सम्पर्क कार्यलय खोलेका छन् । आफ्नो रणनीति त्यही कार्यलयबाट तयार गरेका डा. शेखरले वडा, गाँउ, नगर, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनलाई निग्रानी बढाएका छन् ।

रहरले सभापतिको उम्मेद्वार बन्नु र आम कार्यकर्ताले छान्नुमा फरक छ । विमलेन्द्र निधिले दक्षिणको साहरा लिएर प्रदेश २ का आठ जिल्लाको पूरा मत लिन सक्ने अवस्था छैन । किनकी धनूषामै निधिले पेलेका कार्यकर्ताको ठूलो पंक्ति संस्थापन पक्षतिर भन्दा डा. शेखर तिर लस्कीएको अवस्था छ । त्यसो त कल्याण गुरुङ्गले कताको मतलाई प्रभाव पार्छन् । उनी पनि प्रदेश दुईकै बासिन्दा हुन् । गुरुङ्गले निधिको क्षेत्रीय भोट काटलान् तर काँग्रेसमा उनले भत्काइ दिने ठाउँ छैन् । उम्मेद्वार त सभापति पदको म पनि हुँ भन्ने कुष्ण सिटौलाको दाउ जित्नेको भिडमा मिसाएर गगन थापा, डा. मिनेन्द्रलाई महामन्त्री बनाउने डा. डिला संग्रौलालाई जिल्ला बासीका नाताले सहमहामन्त्री बनाउने रणनीति हो । काँग्रेसभित्र पारिवारिक ब्याज खाने समय अब छैन । पिताको बिरासत डा. शशाङ्कले धान्दैनन्, गिरिजाको विरासत सुजातामा सर्दैन । जातजातिभित्र पदका लागि लड्ने ताकत देखिदैन । देउवाले आफ्नो टीमबाट बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, डा. नारायण खड्कालाई मन्त्री बनाए पुष्पा भूषाल मन्त्री बन्दै छिन् । आफ्नो टीमको ख्याल राख्दा गुटबन्दी थामिन्छ । तर नीति सिद्दान्त, विधि र विधानले काँग्रेसलाई छुदैन । रामचन्द्रले १३ औ महाधिवेशनमा पाएको मत टिकेन । आफ्नै गृहजिल्ला गाँउ पालिका र नगरपालिका भित्र रामचन्द्रको टीम कमजोर भयो धुव वाग्ले, शंकर भण्डारी एक ठाउँमा उभिदा प्रदिप पौडेलले रामचन्द्रको टीम रोज्नु पर्याे । अहिले गोविन्द भट्टराई समेत प्रदिपसँग भएनन् । काँग्रेसमा होस् वा अन्यदलमा महाधिवेशनबाट नेतृत्वमा पुग्न देशभरको सम्पर्क गर्ने टीम चाहिन्छ । नेतृत्वमा पुग्नेले ७७ जिल्ला आफै उपस्थित हुन सक्नु पनि ठूलो उपलब्धी हो । त्यो मौका डा. शेखरले गुमाएनन् । अरु नेताको त्यस्तो सम्भावना पनि छैन चरित्र पनि भएन । बरु शंकर भण्डारी तरुण विभाग प्रमुख भएकाले स्थान बनाएका छन् ।

धेरैले यस पटक देउवाका प्रतिस्पर्धीको रूपमा डा. शेखरलाई लिएका छन् । विमलेन्द्र भन्दा गुटको कारण बलिया रामचन्द्र होलान् । तर उनलाई न त जिल्लाले बोक्न सक्यो न त हिजोका हितैषी प्रकाशमान सिहं, अर्जूननरसिहं केसी, डा. रामशरण महतले काँध थापे । नुवाकोटमा केसी समूहको सत्यनास भयो । भूकम्प पिडितको जस्ता पाता बेच्ने कुशल अर्थशास्त्री एमसीसीका दलाल भएकाले डा. रामशरणको ठाउँ भाइ प्रकाश शरणले लिए । तर उनी पनि काठमाण्डौ ५ नं क्षेत्रमा सहज रूपमा पचेका नेता होइनन् । घरको फोहर बोक्नेको शुल्क नतिर्ने नेताको रूपमा टोलमा परिचीत डा. प्रकाशलाई पार्टी संस्थापनको भित्रिया बनाईएको छ । एमालेको ओली गुटले ईश्वर पोखरेल विष्णु रिमाल र राजन भट्टराईबाट देश लुटे जस्तै प्रधानमन्त्री देउवाले डा. प्रकाशशरण महत भानु देउवा डा. आरजुका दिदी भाईलाई प्रस्तुत गरेका त छैनन् ? काम भने तीनले गरेको सिफारीसमा धमाधम हुदैछ । किनकी देउवा १७ मन्त्रालयका कमाण्डर बन्न बाध्य छन् । गठबन्धन नै असफल बन्दैछ ।

वडा अधिवेशनको झ्याङ्गलो टुङ्गिएको छैन । काँग्रेस बनेर सान देखाउने बेला यो होइन । गठबन्धनका दलहरूले पदको भागवण्डा मन्त्रालयको बजेट अनुसार देखाउने गरिन्छ । काँग्रेसले आफ्नो तहबाट मन्त्री छनौट गरेर सानै मन्त्रालयबाट ठूलो काम गर्न थालेका भए माओवादी पनि दोब्रन्थ्यो । समाजवादी लत्रन्थ्यो जसपा थचिन्थ्यो नैतिक रूपमा दलहरू फस्थे ।

आफ्ना लगानी कर्ता खोज्दै राज्यमन्त्री बनाउदाको अवस्थामा देउवा आलोचीत भए । तर काम गरेर काँग्रेसको इज्जत राज्यमन्त्री श्रेष्ठले बचाइ दिएका छन् । श्रेष्ठको पालामा ओलीका ओम्नी र हुकामको चहलपहल छैन । त्यो हुकामले जीटुजि सम्बन्ध अन्तर्गत भारतसँग कोरोना खोप ल्याईदा दोस्रो पटक गरेको अपराधले दशलाख डोज खोप रोकियो । ३४ करोड ६५ लाख कमिशनमा बालुवाटार डुब्दा त्यो खोप रोकियो ।
मन्त्री परिषद विस्तारको घिटघिटोले पनि प्रम देउवा असक्षम असफल बन्दैछन् पार्टीको महाधिवेशन मंसीर भित्र त होला तर गुटबन्दी गरेर उम्मेद्वार बनाइदा को कता लाग्छन् कसैले अनुमान गरेको छैन । युवा नेताहरूको ठूलो पंक्ति डा. शेखरको पक्षमा छ । डा. चन्द्र भण्डारी, धनराज गुरुङ, शंकर भण्डारी गुरुराज घिमिरे, गगन थापाहरूसँग डा. शेखरको भित्रि तयारी छ । तर सभापति देउवाको टीम पनि कम छैन ।