Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूको भेला बोलाएका छन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाइ तथा शुभकामना दिन देउवाले भेला बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले शनिबार दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेर कांग्रेस संघीय संसदको सबैभन्दा ठूलो दल बनेको छ। सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ।