Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देवत्वकरण रुचाउनेहरूको अग्निपरीक्षा

काठमाडौं । भिरबाट लडेको गोरुलाई राम राम भन्ने हो काँध कसैले हाल्दैन । जनताले दिएको प्रचण्ड बहुमत नेताको आचरण, स्वाभाव, व्यवहार र शैलीले संरक्षण गर्ने हो । विकृति, विसंगति र भ्रष्टाचारले संरक्षण गर्दैन । २ वर्ष पछि ५ दिनसम्म चलेको नेकपाको केन्द्रीय समितिमा भ्रष्ट नेता र मन्त्रीको मात्र होइन गुटमा चलेका अध्यक्षद्वयको पनि विरोध भयो । एमसीसी, सीमा अतिक्रमण, मन्त्रीहरूको अकर्मन्यता र गुटवादको चर्को विरोध भएको बैठकमाले पार्टी र सरकारको सम्बन्धलाई पनि स्मरण गरेको छ । असक्षम, अवसरवादी मन्त्रीहरू फेर्ने सन्देश पनि बैठकले दिएको छ । सर्वहारा वर्गका नेताहरू जब देवत्वकरणमा चुर्लुम्म डुब्छन् भने कार्यकर्ताको आक्रोश बढ्नु स्वाभाविक छ ।
यस्तो पार्टीले कसरी पार्टी नीति र जनपक्षीय कार्यक्रम सफल बनाउनसक्छ । नेकपाको नेतृत्वले पार्टी सरकारमा भएको बेला स्थानीय तहबाट आफ्ना योजना सफल बनाउने तत्परता देखाउन सकेको छैन । पार्टीका अध्यक्षद्वयको तस्बिर तुलमा सजाएर नेतृत्वले केन्द्रीय सदस्यहरूलाई दास बनाउन खोज्दा विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्स, माओ, स्टालिन, लेनिनको सिद्धान्त र दर्शनको कुरा बैठकमा उठ्यो । माओवादी तर्फका लिलामणि पोखरेल, लेखनाथ न्यौपाने, शशी श्रेष्ठ, रामप्रसाद श्रैष्ठ, एमालेतर्फका राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्री, सुरेन्द्र मानन्धरलगायतका नेताले जब आक्रोश पोखे त्यसपछि अध्यक्षद्वयलाई संकट प¥यो । बैठकले ११ निर्णय गरेको छ भने नेताको सम्पत्ति छानविन गर्ने भएको छ । स्व. पुष्पलाल श्रेष्ठ, मदन भण्डारीको तस्बिर राख्ने स्व. मनमोहन अधिकराी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यलाई बिर्सिने नेकपाको वर्तमान नेतृत्व पदभ्रष्ट सत्तालम्पट त देखियो नै आफैं देवत्वकरणले भुई न भाँडामा भएको झल्को बैठकमा दर्शाइयो । नेकपाको नेतृत्वले सरकार पार्टीको अपनत्व दर्शाएको छैन । जनताका निम्ति समाज सेवाको क्षेत्र टाढा छ । चुनावमा पार्टीको बर्चश्व भयो तर काम विहीन कार्यकर्ताको ख्याल भएन । मन्त्रीहरू गुट बादी र निर्वाचन क्षेत्रवादी भए । नेता देशका भएनन् । गुटको नेताले गुटकै हित गरेका छन् । सत्तामा पार्टी छ त्यो पार्टीमा निष्पक्षता छैन । आम कार्यकर्ताको भोट लिने जनताको सेवामा समर्पित नहुने प्रवृत्ति बढेको छ ।


सम्बन्धित समाचार

दल विभाजनसम्बन्धी फेरि आउँदै

२०८१ कार्तिक २०

ताजा नेपाल