Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वार्थमा डुबेको नेता र ठगी र चोरीमा रमाएको कार्यकर्ताबाट देश बन्दैन । काँग्रेसबाट आश छैन । गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरणको सरकारी खर्च र दुर्गा प्रसाईले खर्च गरेको त्यही उपकरणको खर्चमात्र होइन । मातृशिशु भवन निर्माणमा भएको रु २१ करोड भ्रष्टाचारनै काफी छ । बाख्रा पालन, कुरिलो खेती, कुखुरा पालन, विद्यार्थी कालकै टियुमा वेभसाइड बनाउन लिएको ३५ लाख काफी छ । गगन मात्र होइनन् नेपाली राजनीतिको युवा पुस्ता कतै कुनै चोखो भएन । माओवादी जस्तो हतियार उठाएर आएको, भूमिगत बसेको जेलनेल खाएको नेतृत्व पदभ्रष्ट, सत्ता लम्पट बन्दै रक्तचन्दन तस्कर, सुन तस्कर, बालुवा गिटी व्यापार, काठ तस्करको रक्षा कवच बनेर शान्ति प्रक्रियाको यो अवधिमा आउँदा नांगै भयो । एमालेका ईश्वर पोखरेलले लुट्न कुन ठूलो कुरा भयो ? जहाँ २०४९ सम्म लुम्बिनीको रुपन्देहीका सुकुम्बासी विष्णु पौडेल, बालुवाटारमा ८ आना घडेरी, भैसपोटीमा महलका धनी भए । चुनावमा ऋण लाग्यो भनेर मण्डीखाटारको घर बेचेर भूमाफिया दीपक केसीको प्लटिङ टोखा ६ मा राजकीय सानका साथ भव्य हवेली बनाएका ईश्वरले उपप्रम तथा रक्षामन्त्री भएका बेला अपनाएको कमाई धन्दाको रिशले केपी ओलीले विना विभागीय बनाउँदा पनि एउटै कोठामा बिताए ।
काँग्रेसका गगन थापा विश्वप्रकाश पार्टी महामन्त्री छन् । प्रदीप पौडेल स्वाथ्यमन्त्री छन् । प्रचण्ड सरकार हुँदा चीनले नक्कली भुटानी शरणार्थी प्रकरण, टेरामक्स काण्ड, एनसेल काण्ड, गिरिबन्धु काण्ड, सहकारी ठगी काण्ड, बालमन्दिर जग्गा काण्ड, धनगढी जग्गा काण्ड, ओम्नी, हुकाम, थामसेर्कु काण्ड मात्र होइन, नेपाल ट्रष्टको जग्गा भाडा काण्डमा कुरा उठाउथे । अब दाई भाउजुको पार्टीले न्याय कति दिन्छ ? जुन काण्डसँग एमालेका केपी ओली, उनका पिए, राजेश बज्राचार्य, अजय क्रान्ति शाक्य, राजेश्वर स्थापितसँगै काँग्रेसकी कुलदेवी डा. आरजु जोडिएकी छिन् । डा. आरजु राणा टेरामक्स, भुटानी शरणार्थी, गिरिबन्धु र धनगढी जग्गा काण्डमा राम्रैसँग जोडिएकी पात्र हुन् । सहकारी ठगीमा रवि लामिछानेको पदमा रहँदा हल्ला भयो संसदीय छानविन समिति बनेकै छ । खोजी पस्दा काँग्रेस र एमालेकै ओतलागेका धेरै छन् । सदनमा गगन भन्दैछन् त्यता बस्दा र यता बस्दा हाम्रो भनाई उही छ । तर काँग्रेस, एमाले गठबन्धनले गगन, विश्व र प्रदीपले प्रचण्ड सरकारका बेलामा उठाए जस्तो भ्रष्टाचारको विरुद्धको आवाज उठाउन अब सक्छन् ? जबकि एमालेका कुलदेवता केपी ओली प्रधानमन्त्री छन् । काँग्रेसकी कुलदेवी परराष्ट्रमन्त्री छन् । भ्रष्टाचारी दुई शिरोमणि सरकारमा भएका बेला देवर बाबुहरूको बोली सुक्दै छन् ? किनकि केपी ओली नेतृत्वको सरकार मुलुक बनाउन जन्मेकै होइन । यो गठबन्धन बन्नुको कारण नै नक्कली भुटानी काण्डसँग जोडिएका बेचन झा र प्रतिक थापाको पक्राउसँग भ्रष्टाचारसँग जोडिएको प्रहरीको सिआईबीको अनुसन्धानमा भएका फाइल दबाउनै हो । गगन र विश्वले कति बुझेर बोल्दै छन् । हिजो काँग्रेसको नाउमा कुलदेवीका अंगरक्षकहरू मोहन बस्नेत र अर्का भष्मासुर डा. प्रकाशशरण महतलाई फिर्ता गरी प्रदीप पौडेल वा राजन केसी मन्त्री बनाउँदा प्रचण्डको चुलबुले दौड बन्द हुन्थ्यो । काँग्रेसको के जान्थ्यो तर गरेन । सहज त काँग्रेसलाई एमाले भन्दा माओवादी नै थियो । आफ्नैले गोरखापत्र, टेलिभिजनमा लुटेका थिए । राजदूत भने जति पठाउन पाइएकै थियो । राजनीतिक नियुक्तिमा रजाई नै थियो । प्रचण्ड सजिला थिए । उनलाई पद र कुर्सी बचाउनु थियो । जनता र राष्ट्रका कुरा त प्रचण्डका पनि नक्कली हुन् भन्ने कुरा उनले परिवारवाद बाहेक कसैको भलो नगर्दा देखियो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल