Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बाहलेले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । सङ्घीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मले यस कार्यमा अवरोध सृजना गरेको उनको आरोप छ ।
नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
हामीले चुनाव पहिले काठमाण्डौको फोहोरसम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको र हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ उनले भनेका छन् ।
२०८१ कार्तिक ३०
ताजा नेपाल
२०८१ कार्तिक ३०
ताजा नेपाल
२०८१ कार्तिक ३०
ताजा नेपाल