Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशभर ३,७४९ जना संक्रमित, उपत्यकामै १९३५, ज्यान गुमाउनेको संख्या ७०० नजिक

काठमाडौं । कोरोनाको संक्रमण थपिने क्रममा काठमाडौं उपत्यकामा पछिल्लो १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको गौतमले बताए । हालसम्म कोरोना निको हुनको संख्या भने ८४ हजार ५१८ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३४९ र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५९८ जनाको भएको छ ।


सम्बन्धित समाचार