Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशभर ५२५ जना संक्रमित थपिए, उपत्यकामा १२७, ४ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गर्दा ५२५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको २४ हजार ९५७ संख्या पुगेको छ। जसमध्ये १६ हजार ८३७ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १०९ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। यस्तै १४ हजार ७६९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा कोरोनाबाट हालसम्म ९५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा १२७ जना संक्रमित
बिहिबार काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना पुष्टि भएको छ। आज काठमाडौं जिल्लामा मात्रै थप १११ जनामा कोरोना पुष्टि भएको छ। भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कारोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमितको ठेगाना भने खुलाइएको छैन्।


सम्बन्धित समाचार