Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशैभरका सिडिओसँग गृहमन्त्रीको बैठक

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुरक्षा संयन्त्रको बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे प्रहरी संयन्त्रको बैठक बोलाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले नेपालखबरलाई जानकारी दिए। सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाइएको उनले बताए। राईका अनुसार गृहमन्त्री लामिछानेले भर्चअल बैठक बोलाएका हुन्। बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन्। बैठकमा शान्ति सुरक्षा र आम नागरिकले भोगेका समस्याहरुको बारेमा छलफल हुने जनाइएको छ। त्यसपछि दिउँसो २ बजे विपद् व्यवस्थापन समितिको बैठक पनि आह्वान भएको छ। विपद् व्यवस्थापनमा पनि ७७ वटै जिल्लाका सिडिओहरु हुनेछन्।