Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोस्रो चरणमा कोरोना खोप अभियान, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीकाे पालाे

काठमाडौं । अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारुीलाई कोरोनाविरुद्धको खोप लगाएपछि दोस्रो चरणको खोप अभियान शुरु भएको छ । कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियानको दोस्रो चरणमा पत्रकार र कूटनीतिक नियोग कर्मचारीहरूलाई दिइने भएको छ । पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै दोस्र्रो चरणमा पत्रकार, कूटनीतिक नियोगका कर्मचारी सोमबारदेखि खोप दिने सरकारले निर्णय गरेको हो ।
सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

४ लाख ३० हजारलाई खोप दिने लक्ष्य राखेपनि एक लाख ८४ हजारले मात्रै खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियानको दोस्रो चरणको खोप टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई दिइने छ भने सिभिल अस्पतालमा पत्रकारहरूलाई खोप दिने मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयम्सेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयम्सेविका, अन्तरराष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीले लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले १० लाख डोज खोप प्राप्त गरेको हो । कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ ।