Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धनकुटा काँग्रेसमा विद्रोहको संकेत, पूर्व सभापतिसहित आठजना नेता विपक्षमा

काठमाडौं । नेपाली काँग्रेस धनकुटामा प्रदेशसभाको उम्मेदवारको सिफारिशका विषयलाई लिएर चरम असन्तुष्टि बढेको छ । जिल्लाको प्रदेशसभा (ख) को उम्मेदवार छनोट गर्न यही १५ गते बसेको बैठकमा भएको आधिकारीक निर्णयभन्दा बाहिर गएर छलफलमै नआएका नामहरु सिफारिश गरिएको भन्दै असन्तुष्टि चर्किएको हो । प्रदेशसभा (ख) का सभापति राजन पौडेलले सहमति नजुटाई माइन्युट बोकेर कार्यालयभन्दा बाहिर गएर प्रत्येक्षतर्फ ११ जना र समानुपातिकतर्फ १७ जनाको नाम सिफारिश गरेको आरोप लगाइएको छ । सो निर्णयविरुद्ध सबै कार्यकर्ताहरुलाई सजग रहन आग्रह गर्दै उक्त निर्णय सच्याउन पार्टीको माथिल्लो निकायमा ध्यानाकर्षण समेत गराइएको छ । पार्टीका प्रदेशसभापतिको मनोमानी कार्य अवैध भएको ठहर गर्नेहरुमा पार्टी जिल्ला पूर्व सभापति अग्निप्रसाद पौडेल, महासमिति सदस्य महेन्द्र निरौला, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, नेविसंघ धनकुटाका सभापति बालानन्द दाहाल, नेपाली काँग्रेस प्रदेश (ख) का नेता तीलक महत, उपसभापतिद्व भीमबहादुर खड्का, चन्द्र लिम्बू, सहसचिव मणिराम लिम्बू रहेका छन् । पार्टीको उम्मेदवार सिफारिश गर्दा प्रदेशस्तरमै विद्रोह भएपछि केही नेताहरु विवाद मिलाउन काठमाडौं समेत आएको बताइन्छ ।