Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा किनेको प्रमाण बहिरिएसँगै उनी छानविनमा परेका थिए ।
उक्त छानविनका लागि बनाइएको न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो । बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १२ हजार कित्ता शेयर ढुंगानाले अमेरिका बस्ने आफ्नी छोरी रेविकाको नाममा लिएका थिए ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल