Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनसुन पुनः सक्रिय हुँदा वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । काठमाडौं उपत्यकाका नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हाल वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अरू सबै साना नदीमा जलसतह सतर्कता तहभन्दा माथि छ । यी केही खोला तथा नदीमा जलसतह खतरा तहसम्म पुगेको महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज अपराह्न ४ बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

साउन २२ बिहान ११ बजे । हाल काठमाडौं उपत्यकाको वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य सबै साना नदीमा जलसतह सतर्कता तहमाथि रहेको र केहीमा खतरासम्म पुगेको र बढ्दो रहेकाले उपत्यकाको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसो ४ बजेसम्म अति उच्च सतर्कता अपनाउनहुन तथा नदी किनारको सडकबाट यात्रा नगर्नहुन अनुरोध छ, महाशाखाको सूचनामा उल्लेख छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल