Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ नोट साट्ने काउन्टरहरु !

दशैं तिहार लक्षित सुकिला नयाँ नोट सटहीका लागि राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ । आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर मोफसलमा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने जनाएको छ । कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ ।

 


सम्बन्धित समाचार