Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ संक्रमित ९७९ थपिए, मृतकको संख्या ३०० पुग्यो

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृतकको ग्राफ पनि उकालो लाग्दै गरकेो छ । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति 
काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा छन् । यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१–४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९–१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६–१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ । गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६र६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३–३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २–२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ