Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नवनिर्वाचित माननीयहरुलाई पुस ७ मा सपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ पुस ७ गते बिहीबार हुने भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको सपथका लागि पुस ७ गतेको मिति तोकेको हो। सचिवालयका महासचिव डा।भरतराज गौतमले प्रतिनिधिसभाका २७५ सांसदको सपथ पुस ७ गते दिउँसो १ बजे गर्ने निर्णय भएको जानकारी दिएका छन्। नवनिर्वाचित सांसदहरूले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट सपथ लिनेछन्। त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनुपर्ने हुन्छ।
सांसदहरूको सपथ नयाँ बानेश्वरस्थित संसद भवनको प्रतिनिधिसभा बैठक कक्षमा हुनेछ। गौतमका अनुसार प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा सपथ लिन चाहेमा सपथको तीन दिनअघि सपथपत्रमा उल्लेख हुने विवरण मातृभाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद सचिवालयलाई दिनुपर्नेछ।