Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिकताको ७ वर्षे प्रावधानविरुद्ध मधेशमा आक्रोश

जनकपुरधाम । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको थियो । स्थानीय भानु चोकमा जम्मा भएका जनता समाजवादी पार्टी निकट महिला तथा युवाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाइसकेपछि आइपुगेको प्रहरीले पानी हालेर आगो निभाएको थियो । पु्त्ला जलाउनुअघि जनता समाजवादी पार्टीका महिलाहरुले भानु चोकस्थित सडकमै जाम गरेर प्रधानमन्त्रीविरुद्व नाराबाजी गरेका थिए । उनीहरुले, ७ बर्षपछि दिइने अंगीकृत नागरिकता विधेयक खारेज गर, नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध अमर रहुन्, प्रधानमन्त्री ओली मुर्दावाद, सहितका नारा लगाएका थिए ।