Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तापक्षकै विद्यार्थी संगठन प्रदर्शनमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघका सदस्यहरुले प्रदर्शन गरेका छन्। आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर सडकमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन्। विद्यार्थीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ। त्यक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन्। विद्यार्थीको प्रदर्शनले केही बेर सवारीसाधन आवागमन अवरुद्ध भएको थियो।