Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइरहेको बताए। उनले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताएका हुन्। निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको बताउँदै मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुँदैन भन्ने कुरामा ध्यानाकर्षण गराए। सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन, टुंगोमा पुर्याउन दृढ छ। सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामी अगाडि बढाइराखेका छौँ। सुशासनको सन्दर्भमा सम्पूर्ण देश र माननीयज्युहरुले समर्थन व्यक्त गर्नुभएको छ, त्यसको म उच्च मूल्यांकन गर्न चाहान्छु। यो अभियानले विश्राम लिने छैन। समृद्धिको लक्ष्य हासिल गर्न सुशासन पूर्वसर्त भएको कुरालाई आत्मसात गरेका छौँ, उनले भने, हामी अझै पनि अगाडि बढ्छौँ। निर्दोष नफसुन् र दोषी, अपराधी नछुटुन् भन्ने मान्यता अख्तियार गरेका छौँ। उनले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाएर टुंगोमा पुर्याउन सरकार दृढ रहेको पनि बताएका छन्।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल