Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नितिश कुमार सातौंपटक मुख्यमन्त्री

नयाँ दिल्ली । भारतको बिहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन् ।उनको अहिलेको लगातारको कार्यकाल चौथो पटक भए पनि मुख्यमन्त्री भने उनी सातौं पटक भएका हुन् ।
सपथग्रहण समारोहमा केन्द्रीय गृह मन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । उनले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गरेका हुन् । उनीहरुलाई पनि आजै सपथ ग्रहण गराइएको छ ।
प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय जनता दल (आरजेडी)ले भने सपथ ग्रहण समारोह बहिस्कार गरेको छ । आरजेडीको सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको छ, “जनताको अभिमत एनडीएका विरुद्धमा थियो, तर सरकार त्योभन्दा उल्टो पक्षबाट बनाइयो, त्यसैले हामीले सपथ ग्रहण समारोह बहिस्कार गरेका हौँ ।”
हालै भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए) ले नै बहुमत प्राप्त गरेको छ । तर दलको रुपमा भने पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ । सवैभन्दा ठुलो पार्टी बनेर पनि सरकार बनाउन नपाएकाले उनीहरुले सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन् । सरकार बनाउन गठबन्धन बनाएर बहुमत पु¥याउने प्रचलन भएकाले ठूलो पार्टी भएर पनि यादवको पार्टीले बहुमत जुटाउन असफल भएको छ ।
सत्तारुढ दलहरुको गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कुल ११० सिट मात्रै हासिल गरेको छ । प्रदेश संसदमा दोस्रो ठूलो दलको रुपमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ । नितिशकुमारको पार्टीले धेरै सिट जितेपछि उनको गठबन्धनले पुर्वसहमति अनुसार उनलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेर उनी फेरि मुख्यमन्त्री बनेका हुन् ।
निर्वाचनका बेला विधान सभामा आफूले अहिले अन्तिम पटक उम्मेदवारी दिएको बताएकाले सायद मुख्यमन्त्रीका रुपमा उनको यो अन्तिम कार्यकाल हुनेछ । कुल २४३ सिट रहेको विहार राज्यको विधान सभाका लागि कोरोनाभाइरसको महामारीका बीचमा तीन चरणमा निर्वाचन भएको थियो ।
निर्वाचनमा मतदानका लागि एक लाख छ हजार ५१५ मतदान केन्द्र तोकिएको थियो भने झण्डै ७५ प्रतिशत मतदाताको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार