Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निधिको जालमा परे गच्छदार

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवासमेत भारतीय दलालहरूको घेरामा परेका छन् । जनकपुरको धनुषाका नेता विमलेन्द्र निधिले भारतीय सेवामा पु¥याएको योगदानको कदर काँग्रेसले कति गर्छ, १४औँ अधिवेशनमा छर्लङ्ग हुनेछ । कोइराला परिवारको काख पोल्टामा राजनीति गरेर राज्यमन्त्री पदबाट बढुवा हुँदै डा. बाबुराम भट्टराई प्रम बन्दा उपप्रम तथा गृहमन्त्री बनेका विजय गच्छदारलाई दशा त्यो बेला लाग्यो, जुन बेला उनले पार्टी फुटाएर फोरम लोकतान्त्रिकबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्न पुगे । ललिता निवास जग्गा प्रकरणमा माफियाहरूले उनलाई फसाए, बाटो बढाउने नाममा पैसा खाने तत्कालीन सचिव दीप बस्न्यात थिए । विजय गच्छदार मधेसको भूमिपुत्र भएकाले थारू समुदायमा स्थापित थिए । पैसा यिनले नकमाएका होइनन् । जो निरन्तर सत्तामा रह्यो, १४ पटक मन्त्री बन्नु ख्यालठट्टा होइन । काँग्रेसमा फिर्ता नभएको भए पनि उनी चुनाव जित्थे । जितेन्द्र देव, रामजनम चौधरीहरूको पालो आउँदैनथ्यो । अहिले एमाले त्यागेर मधेसी दलतिर लागेका जितेन्द्र देव राष्ट्रिय सभामा छन् । गच्छदार ललिता निवास प्रकरणमा निलम्बित छन् । १४औँ महाधिवेशनमा देउवापछिको उपसभापति पदको बन्दोबस्त मिलाउन विमलेन्द्र निधिले भारतीय गुप्तचर समूह ‘रअ’को सहारा लिएका हुन् । यहाँ प्रदीप गिरी, अमरेशकुमार सिंहसमेत एक भएका छन् । गच्छदारले प्रदेश– १ को सुनसरी, मोरङमा राजनीति गरे काँग्रेस उनको त्यहीँ छ । फोरममा भए पनि उनले काँग्रेसलाई बाइपास गरेनन् । काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय निधिको चलखेल रुचाएका थिएनन् । निधिलाई सभापति पदमा सिँगारेर ‘रअ’द्वारा पालिएका नेताहरू विमलेन्द्र निधि, अमरेशकुमार सिंह, प्रदीप गिरी मात्र होइनन्, रामचन्द्र पौडेल, देवेन्द्रराज कँडेल, द्वीपकुमार उपाध्याय, अर्जुननरसिंह केसी, गगन थापासम्मलाई एक ठाउँमा ल्याउने ‘रअ’को तयारी छ । निधि देउवाविरुद्ध भिडेको खण्डमा निधिको प्यानलबाट गगन थापालाई कृष्ण सिटौलाले महामन्त्री पदमा प्रतिस्पर्धा गराउने भित्री योजना थियो । काँग्रेसभित्र थरिथरिका खेल हुन्छन् । यस्ता खेलमा सीआईएभन्दा ‘रअ’ नै अग्रसर हुने गर्छ । विजय गच्छदार ‘रअ’को खेलमा फसेका हुन् । उनको राजनीति सिध्याउन विमलेन्द्र निधिले चलाखी गरेका हुन् ।


सम्बन्धित समाचार

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल