Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

कपिलबस्तु । कृष्णनगर नगरपालिका(२ पिपलबोटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ५५ ट्याबलेट र ट्रामाडोल ३ सय ट्याबलेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका(१५ बस्ने २२ बर्षीय आशिष केसी र रोल्पा लिवाङ घर बताउने १८ बर्षीय बिमल डाँगी रहेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार