Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निरंकुशताका विरुद्ध श्रष्टाहरु सडकमा

काठमाण्डौ । जब सरकारले गैर सम्बैधानिक काम गर्छ त्यती बेला सरकार विरुद्ध श्रष्टाहरुले सडक रोज्नु पर्छ । निरंकुश राजतन्त्र र पञ्चायति व्यवस्थाका विरुद्ध ०४६ सालमा लेखक कलाकार पत्रकार शिक्षकहरुकोे संयुक्क्त संघर्षले राजनीतिक दलहरुलाई साथ दियो । त्यो बेला निरंकुशताका विरुद्ध श्रष्टाहरुका संघर्षमा साथ दिएका कम्युनिष्ट चरित्र विरोधी खड्ग प्रसाद ओली यति खेर लोकतान्त्रिक गणतान्त्रमक व्यवस्था माथि प्रहार गर्दै छन् ।

उनले सिर्जना गरेका अधिनायकबाद विरुद्ध श्रष्टाहरु प्रतिरोधमा उत्रनु पर्ने बाध्यता खडा भएको छ । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको हो ।

कार्यक्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका थिए । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लोले बाँकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेको देखिन्छ ।

 

स्रष्टाहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी छन् । प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई लगायत सहभागी छन् । बसन्तपुरमा स्रष्टाहरुले मन्तव्य राख्ने र कविता बाचन गरेका थिए ।

 

 


सम्बन्धित समाचार

के छ यि तिनको भेटवार्ताको रहश्य

२०८१ पुष २६

ताजा नेपाल

गाडी चढेर काठमाडौं आउँदै रवि

२०८१ पुष २६

ताजा नेपाल