Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निरिह माधव नेपाल प्रचण्डको वैशाखीमा

काठमाडौं । १४ वर्ष नेकपा एमालेको महासचिव भएर पार्टी चलाएका वर्तमान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अहिले आफ्नो हैसियत खोज्न अरुको सहारा लिन बाध्य छन् । आफ्नो कार्यकाल असफल भएको स्वीकार गरेरै उनले २०६४ सालको संविधानसभा चुनावपछि पार्टीको नेतृत्व छाडेका हुन् । उनै माधवकुमार नेपाल अहिले आफ्नै पार्टीका अध्यक्षले नेतृत्व गरेको बहुमतको सरकार ढालेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पु¥याउने खेलमा लागेको धेरै समय बितिसक्यो । तर उनको केही जोर चलेको छैन ।

केही सिप नलागेपछि उनी अहिले नेकपा एमालेमा विलय हुन आएका पुष्पकमल दाहालको पछाडि लाग्नु पर्ने अवस्था आयो । नेपालले पार्टी चलाउँदा तत्कालिन माओवादीले मात्रै होइन समग्र राजनीतिमा एमालेलाई लिंग पहिचान नभएको पार्टी भनिएकै हो । त्यस्तो अवस्थाबाट गुज्रिएर पाको भएका भनिएका माधवकुमार नेपालले सोच्नुपर्दैन प्रचण्डलाई साथ दिँदा कुन अवस्थामा पुगिन्छ भनेर ? दश वर्षे जनयुद्धमा साथ दिएका डा. बाबुराम भट्टराई, मोहन वैद्य किरणहरु रहरले पार्टी छाडेर गएका थिए होलान् ? कि त प्रचण्डलाई नेपालले ऋण तिरेको हुनुपर्छ ।

२०६४ सालको संविधानसभा चुनावमा दुई ठाउँबाट पराजित भए पनि प्रचण्डकै जोडबलमा नेपाल संसद छिरेका थिए । उनी संसद मात्रै छिरेनन् प्रधानमन्त्री समेत बनिदिए । आफू पार्टी महासचिव हुँदा पार्टीको विवाद धान्नै नसक्ने गरी चुलिएर समानान्तर कमिटीहरु बनेकै थिए । आफ्नो परिवार मात्रै चलाउने हैसियत भएका माधवकुमार नेपालले पार्टी र देश चलाउन सक्दैनन् भन्ने कुरा सारा पार्टी पंक्तिले बुझेकै हो । उनी पार्टी महासचिव भएकै बेला असक्षमता र अदूरदर्शीताले गर्दा तत्कालिन माओवादीले नेकपा एमालेलाई पत्तासाफ बनायो । त्यतिबेला उनको राजीनामा नैतिकताले थियो कि बाध्यताले थियो ?

त्यही माओवादी फुट्दै र टुक्रिँदै झुण्ड झुण्डमा परिणत भएपछि एमालेसँग विलय भएको हो । आफ्नो अस्तित्व संकटमा पर्ने देखिएपछि राजनीतिका चतुर खेलाडी पुष्पकमल दाहालले एमालेसँग पार्टी एकताको बाटो रोजेका थिए । आफ्नै पार्टीमा विलय हुन आएका पार्टीको नेताको पछि लागेर नेपालले कुन चाहिँ ठूलो पद पाउँछन् ? माधव नेपाल जहिले पनि पदको पछाडि लागेर पार्टीलाई कमजोर बनाएकै हुन् । नेपालको कार्यकालमा केपी ओलीले जसरी जसरी पेचुवामा पारेर नेपालका हातखुट्टा बाँधेका थिए त्यही रिसइवी साँध्दैछन् माधव नेपाल । आफ्नो मात्रै बल बुँदाले ओलीको यात्रामा अवरोध गर्न नसकेपछि नेपाल अहिले अध्यक्ष प्रचण्डको पछि लाग्न बाध्य भएका हुन् ।


सम्बन्धित समाचार