Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा नेतृत्वले निगम सिध्याउने

काठमाडौं । नेकपाको हवाई नीति नै छैन । त्यही कारण हवाई माफियाहरुलाई नेपाल वायुसेवा निगमको बोर्ड सदस्य राखेर यति एयरको व्यापार बढाउने वायुसेवा निगमलाई डुबाने निर्णय भइरहन्छ । पर्यटनमन्त्री योगेश भट्टराई होउन् वा कृपासुर शेर्पा नै किन नहुन् । निगम सपार्ने भन्दा ध्वस्त बनाउने र आफू बन्दोबस्त गर्न तल्लिन छन् । राष्ट्रको छ अरब ६७ करोड लगानी भएको चिनियाँ कम्पनीका ६ वटा जहाजले नेपालको पहाडी इलाकामा उडान गर्न सक्थे । निगमकै जहाजमा भाडामा लिएर यति एयरले तारा एयर नामक कम्पनी खोल्यो । निगमले मर्मत गर्न नसक्ने यति गुपले मर्मत गरेर डलर कमाउने विचित्रको व्यवस्थापन वायुसेवा निगमलाई ओरोलो लाग्ने स्थितिमा कार्यकारी अध्यक्ष सुशिल घिमिरेले पु¥याउँदैछन् । उनी झापाली हुन् ।

०७१/७४ गरी सरकारलाई चीनले अनुदानमा २ वटा, ऋणमा चारवटा जहाज दिएको थियो । रु ६ अर्ब ६७ करोड खर्च भएका जहाजमध्ये एम ६० र वाई १२ नेपालमा उडेका थिए । जहाज भित्र्याउँदा आन्तरिक उडानले पहाडी जिल्ला समेट्छन् भनियो । यो सबै थाहा पाएका पर्यटनमन्त्री योगेश भट्टराई र प्रधानमन्त्री केपी शर्मा ओलीले निगमलाई भन्दा थामसेर्कु समूह, यति एयर, अल्टिच्युट एयरको हितमा लागेका छन् । निगम डुबाउने अल्टिच्युट एयर, तारा एयर र यति एयर हुन् । त्यही भित्रबाट पहिले निमा निरु शेर्पा बोर्ड सदस्य बनाइयो अहिले फुर्वा ग्याल्जेन शेर्पालाई बोर्ड सदस्य ल्याएकै कारण निगमको उडान आन्तरिक मात्र होइन अन्तर्र्राष्ट्रिय स्तरमा समेत रोक्ने खेल भयो ।

हिमालयन एयर, तारा एयर, अल्टिच्युट एयरको व्यापार बढाउने काम हुँदा काँग्रेस र नेकपाको कात्रो ओडेर निगम ध्वस्त पार्ने कर्मचारी संगठनहरु लासका रुपमा दरिँदैछन् । कम्युनिष्ट पार्टी र त्यसका नेताहरु देशभक्त, राष्ट्रवादी हुन्थे भने सरकारको सम्पत्ति जोगाउँथे । लुट र कमिशनमा प्रधानमन्त्रीदेखि पार्टीका अधिकांश नेता डुबेको कारण राष्ट्रिय ध्वजाबहाक विमानलाई प्रधानमन्त्रीको भारत र चीन भ्रमणमा समेत प्रयोग गरिएन । मौका पाउँदा तत्कालिन नेकपा एमालेका कुनै पनि नेता र मन्त्रीले निगमलाई भन्दा तस्करहरुकै सेवा गर्छन् भन्ने कुरा भीम रावल, यमलाल कँडेल, भीम आचार्य, योगेश भट्टराई र अहिलेको शासन प्रमाण हो । कथित क्रान्तिकारी खड्ग विकले पर्यटनमन्त्री बन्दा शाही कालिन मण्डलेलाई निगमको कार्यकारी बनाएर कविता लेख्न लगाएर निगम ध्वस्त बनाएकै हुन् ।

हिसिला यामीले दलाल समूह वैद्य अर्गनाइजेशनलाई कमिशन खाने गरी ६ अर्बमा ४ जहाज भित्र्याएकी थिइन् । यो खरिद बापत उनले कति खाइन् । देशको ६ अर्ब ६७ करोड ऋण चीनको एक्जीम बैंकमा छ । तर समृद्धिको लुटतन्त्र चलाएको ओली सरकारलाई चासो छैन । निगम सपार्ने त कुरै भएन । निजी विमानले नाफा कमाउन डलरमा व्यापार गर्छन् । सरकारको सम्पत्ति राष्ट्रिय ध्वजाबहाक वायुसेवा निगमको पांग्रा चोर्ने, सामान बक्स चोर्ने, इञ्जिनियरहरु निगमभित्रै ढलीमली गर्छन् । समृद्धिको उदारो गित गाउने प्रम ओलीलाई हिमालय एयरको व्यापार भए पुगेको छ । नेपालको वातावरणमा यति एयरले तिनै जहाज उडाएर एकलौटी व्यापार गर्ने वायुसेवा निगमले व्यापार गर्न नसक्ने अनौठो हवाई नीति नेकपाको छ । एक्जीम बैंकको ऋण सरकारको थाप्लोमा छ । तर निगम व्यवस्थापन जहाज उडाउनुभन्दा यतिलाई भाडा लगाएर कमिशन खान तयार हुन्छ । यो सत्य प्रधानमन्त्रीलाई थाहा छ ।

 

थामसेर्कु समू्ह प्रधानमन्त्रीकै व्यापारी पार्टनर भएकाले निगमलाई धरासायी बनाउने गरी बोर्ड सदस्यहरुनै निगम विरोधी भर्ति गरिएको बुझ्नु पर्दछ । सरकारी सम्पत्तिको सरक्षण गर्ने नीति राष्ट्र सेवक भनिएका कर्मचारीहरुमा देखिँदैन । तर स्वर तिनकै चर्को हुन्छ । निगमसँग भएका जहाज उडाउनु भन्दा कमिशन लिएर यतिको व्यापार चम्काउने काम हवाई माफियासँग जोडिएका प्रधानमन्त्री, पर्यटनमन्त्रीदेखि कार्यकारी अध्यक्षसम्मले निगम ध्वस्त पार्ने योजना बनाउँदा आन्तरिक खञ्चुवाहरु खुशी हुने नै थिए । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम सक्न काँग्रेसी सुजातादेखि शेरबहादुर देउवासम्म लागेकै हुन् । सर्वहारा वर्गको धनाढ्य पार्टीका लुटाहा नेताहरुले हवाई उडानको व्यापार बढाउने नीतिनै छैन । त्यही कारण उनीहरु लुम्बिनी एयरपोर्ट, पोखरा एयरपोर्ट मात्र होइन त्रिभु्वन विमानस्थलको नाममा पनि लुट्नुलाई नै समृद्धि र विकास ठानेको हुनाले निगमको सम्पत्ति यति एयरलाई दिलाउन कथित दुई तिहाईको सरकारले संसदमा विधेयक लग्यो भने मुटु नभएको राष्ट्रिय स्वाभिमान नधरमराउला भन्न सकिँदैन ।