Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा देखिएको नयाँ भेरियन्टबाट सबै जोखिममा

काठमाडौं । दोस्रो लहरको कोरानाबाट आक्रान्त बनेको नेपालमा नयाँ भेरियन्ट देखिएपछि सबै उमेर समूह जोखिममा देखिएको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयको अनुसार गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनाबाट यो नयाँ म्युटेसन भेटिएको हो । भारत पठाइएका ४७ वटा नमूनामध्ये ४६ वटामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट भेटिएको थियो ।
मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । विभिन्न अध्यन अनुसार यसले सबै उमेर समुहलाई असर गर्ने मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको छ । यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरी सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल