Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली चलचित्रका बहु आयमिक हस्ती काजी लिम्बु

नेपाली चलचित्रका बहु आयमिक ब्यक्तित्व हुन काजी लिम्बु । चलचित्र, टेलिचलचित्र, बिज्ञापन, बृत्तचित्र, लघु चलचित्र जुनसुकै बिधामा अव्वल काजी लिम्बु निर्देशकका अलवा लेखक र सम्पादक समेत हुन । बहु प्रतिभाका धनी काजी लिम्बुको चलचित्र यात्रा राजाधानी काठमन्डौ प्रवेश गरेपछि सुरुवात भयो । गाँउमा पढ्दै गर्दा स्कुलमा वा बिभिन्न चाडपर्वमा स्थानीय कलाकारको खोजी गरी आफ्नै लेखन निर्देशनमा नाटक गर्ने गर्दथे उनको लेखन निर्देशकिय यात्रा त्यहीबाट सुरु भयो । मध्यम बर्गिय परिवारका सदस्य उनी सर्व प्रथम लाहुरे बन्न काडमाण्डौ आएका हुन । नेपाल आर्मीको सेकेन्ड लप्टन भिड्न काडमाण्डौ आएको उनको यात्रा लाहुरेको असफलता पश्चात चलचित्रतर्फ मोडियो शायद भाग्यले त्यसैतर्फ डोर्यायो उनलाई, गाउँमा गर्दै आएको नाट्यकर्मले उनलाई चलचित्र कर्मतर्फ आकर्षित ग¥यो र अझसम्म उनी चलचित्र कर्ममै सकृय छन् र सफल पनि छन । कामलाई कामकै रूपमा लिने उनले कहिले सानो ठुलो काम भनेनन् निरन्तर लागिरहे, कहिले चलचित्र, कहिले टेलिचलचित्र कहिले बृतचित्र कहिले के कहिले के अझ पनि बेफुर्सदिला छन् उनी, अहिले उनको सकृयता हेर्दा लाग्छ उनी कामकै लागि जन्मिएका हुन । उनी कहिले सुटिङ्गमा भेटिन्छन् कहिले लेखिरहेका भेटिन्छन् त कहिले सम्पादन गरिरहेका भेटिन्छन् शायद अभिनय पनि गरेका होलान ।
झापा गाउँ पालिका झाङाटोलीमा स्थानीय वासिन्दा उनी हाल चलचित्र कर्मसङ्गै आफ्नो स–परिवार काठमाण्डौको स्वयम्भुमा बसोबास गर्छन् । नेपाली कथानक चलचित्र ‘आफ्नो मान्छे’ बाट स्थल साहयकको रूपमा उनको चलचित्र यात्राको थालानी भयो । त्यस पछि प्रावधिक हुँदै सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै थुप्रै उतार चडाबको बावजुद टेलिचलचित्र एवं नेपाली चलचित्र निर्देशक सम्मको परिचय दिलायो । अजम्बरी माया, आफनोपन, गौथली, जंगेमा प्राविधिकको रूपमा काम गरिसके पश्चात उनीले नौडाँडापारी, चित्कार, रमझम, समर्पण जेठो कान्छो, ग्रहण, अहंकार जस्ता नेपाली चलचित्रमा सहायक निर्देशक, मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् भने हिन्दी ‘बाप’ र पाकिस्तानी चलचित्र ‘सलाँखे’ मा समेत काम गरेको अनुभव उनीसङ्ग छ । थुप्रै,बिज्ञापन तथा बृतचित्र एवं म्युजिक भिडिया उनले महानायक राजेश हमाल देखी युवा पुस्ताका स्टार पल शाह, केकी अधिकारी, पुष्प खड्का, जेविका कार्की, गरिमा शर्मा जस्ता कलाकारलाई कुशल निर्देशन गर्न भ्याइसकेका छन् । चलचित्र लेखकको रूपमा पनि उत्तिकै सकृय काजी लिम्बु चलचित्र गोखेर्, घनचक्कर, श्रीकमल काले तथा लोकन्दीको कथा पटकथा एवं सम्वाद लेखक पनि हुन । टेली श्रृन्खलातर्फ उनको सर्वाधिक लोकप्रिय टेलिसिरियल हाउसफुल (कान्तिपुर टिभी) का उनी लेखक र पछिल्लो समय निर्देशकका रूपमा समेत काम गरे त्यसै गरी एपी वानबाट प्रशारित फनफनी पनि उनको प्रख्यात हाँस्य श्रृंखला थियो यसका अलावा उनले थुप्रै टेलिभिजन कार्यक्रम उत्पादन तथा निर्देशन गरेका छन् । नेपाल वानबाट प्रसारण हुने घुसपुराणका लेखक निर्देशक, नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपाली ताराको सहायक निर्देशक, इमेज च्यानलबाट प्रसराण हुन ब्ल्याक एण्ड ह्वाइट, खेलौ दोहोरी, बागिना,स्प्रिट ब्याण्ड च्यालेनजका प्रोग्राम प्रोडुसर पनि हुन भने नेपाल वानको उज्जु डार्लिङ्ग, नेपाल टेलिभिजन प्लसबाट प्रसारित् मेगा गायन २०७२ तथा जनता टेलिभिजनबाट प्रसारण भएको टेल मि डान्स २०७४ जस्ता रियालिटी शोको निर्देशन एवं टेक्निकल निर्देशकको रूपमा काम गरिसकेका छन् । हालै शिखर नेपालले आयोजना गरेको राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० को टेक्निकल निर्देशक समेत हुन उनी ।
कर्म प्रति बफादार काजी लिम्बु मानविय समवेदना भएका फिल्मकर्मी हुन् । निर्माताको भावना र कलाकार्मीको चाहना अनुरूप आफ्नो काम निकाल्न सक्ने उनको बिशिष्ट खुबि छ । चलचित्रमा आवश्यक सबै बिषयको प्राविधिक ज्ञान भएका उनी चलचित्र क्षेत्रमा आयोजना हुने जुनसुकै कार्यकर्ममा खोजिने पात्र हुन । बिगत २ दशक देखि चलचित्र क्षेत्रको बिभिन्न विधामा कार्यरत काजी लिम्बु शिखर सम्मान २०८० तथा फस्ट गोल्डेन हर्स इन्टरनेशल अर्वाड २०२३ बाट सम्मानित समेत भएका छन् । हाल उनी आफ्नै लेखन निर्देशनमा चलचित्र निर्माणका तयारीमा जुटेका छन् ।