Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाल टेलिकमको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्ष २०७८,७९ को नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा टेलिकमको खुद मुनाफा २ करोड ३३ लाख रुपैयाँले घटेको हो।
गत आवको नौ महिनामा ५ अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा गरेको कम्पनीले चालु आवको सोही अवधिमा घटेर ५ अर्ब ४१ करोड १९ लाख ७४ हजारमा झरेको छ।
गत आवको नौ महिनामा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आवको सोही अवधिमा ८७ करोड २९ लाख ६४ हजार ९३.०९ प्रतिशतले घटेर २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँमा झरेको छ।
कम्पनीको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेकोमा यसपाली ६७ करोड १८ लाख ३५ हजार रुपैयाँले वृद्धि भएर ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
कार्य संचालन आयमा वृद्धि भएका कारण कम्पनीको खुद मुनाफा घटेको टेलिकमले जनाएको छ। डेटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डेटातर्फ करिब ७७ करोड ५० लाख २६ हजार रुपैयाँले वृद्धि भएको जनाईएको छ।
‘अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार आन्तरिक अन्तरआबद्धता शुल्कमा कमी आएको र सोसँग सम्बन्धित खर्चमा समेत कमी आएको कम्पनीले जनाएको छ।
त्यसैगरी, अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार आन्तरिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब ५७ करोड ५८ लाख रुपैयाँले कमी आएको टेलिकमले जानकारी दिएको छ।
विभिन्न निकायहरुले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुगेकाले कम्पनीको वित्तीय अवस्थामा प्रभाव परेको उल्लेख गरेको छ।
आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा असर परेको टेलिकमको भनाइ छ। कम्पनीको लेखा नीति तथा एनएफआरएस बमोजिम गणना गर्दा इम्पेयरमेन्टमा गत आवमा भन्दा बढी खर्च भएको कम्पनीले जानकारी दिएको छ।
टेलिकमले बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँले वृद्धि भएको जनाएको छ। यस्तै विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ५ करोड ४६ लाख विदेशी विनिमय आम्दानी भएको उल्लेख गरेको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल