Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल–बंगलादेशबीचको फाइनल ठूलो स्क्रिनमा हेर्ने हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट देखाइने भएको छ । टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र हाँडीगाउँबाट साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो । साफ वुमन्स च्याम्पियनसिप साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले वंगालादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा पुगेर खेल हेर्न नसक्ने दर्शकको लागि महानगरले तीन ठाउँबाट खेल हेर्ने व्यवस्था मिलाएको महानगरपालिकाले जनाएको छ । महानगरले एक सूचना जारी गरेर भनेको छ ,यो खेल हेर्न धेरै दर्शकहरुलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन हाँडीगाउँमा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदैछौँ । महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।


सम्बन्धित समाचार